परिचय
नेपाली वाङ्मयको श्रीवृद्धिका लागि २०५२ साल माघ १५ गते नइ प्रकाशनको स्थापना भएको हो । नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको नाउँका अगाडिको अक्षर जोडेर नइ प्रकाशन नामक सांस्कृतिक संस्थाको स्थापना गरिएको हो ।
नेपालीभाषाको उत्थानमा समर्पित अग्रजहरू नै नइ प्रकाशनका प्रेरणास्रोत हुन् । नेपालीसाहित्याकाशमा आआफ्ना क्षेत्रबाट स्रष्टाहरू सङ्गठित र जागरूक हुनु निश्चय नै समयको माग हो । नेपाली परिवेशमा अर्न्तहृदयबाट नेपालीभाषाको अर्चना गर्ने सम्पूर्ण भाषासेवीहरूलाई वन्दना गर्न पाउनु नइ प्रकाशनको लागि गौरवको कुरो हो ।
नेपालीभाषा, साहित्य, कला र संस्कृतिमा अग्रसर नइ प्रकाशनबाट वेलामौकामा विभिन्न सांस्कृतिक कार्यहरूको अतिरिक्ति विविध ग्रन्थहरूको निर्माण भइरहेको छ । नेपाली भाषासंसारप्रतिको मोह, समर्पण र साधनाका कारण जन्मेको यो संस्था नेपाली वाङ्मयप्रेमीहरूको साझा चौतारी पनि हो ।
नइ प्रकाशनले विशुद्ध सांस्कृतिक मूल्य, मान्यता र धारणालाई सदैव अङ्गीकार गरी आफ्नो यात्रालाई जारी राख्नेछ ।
उद्देश्य
नेपाली भाषासाहित्यको श्रीबृद्धिका लागि समर्पित हुनु नइ प्रकाशनको प्रमुख उद्धेश्य हो । नइ प्रकाशन आफ्नो क्षमताअनुसार नेपाली प्रतिभाका सिर्जनात्मक कौशललाई सुन्दर एवं सुरुचिपूर्ण ढङ्गले प्रस्तुत गर्न अग्रसर छ । स्रष्टाहरूको चाहनामा राष्ट्रको ढुकढुकी निहित हुन्छ । जगत्मा जन्मेर जीवन चलाउन जमजमाउने हरेक जानिफकारले जन्मभूमिको जयगानमा आफूलाई समर्पित गर्नु नै उसको पुनीत कर्तव्य पनि हो । यसै सन्दर्भमा सांस्कृतिकसेवा पनि राष्ट्रसेवाको महत्त्वपूर्ण कडी हो भन्ने भावनाले यो संस्था उत्साहित छ ।
नइ प्रकाशनका प्रमुख उद्धेश्य निम्न लिखित छन्:
१. नेपाली भाषासाहित्यको सेवा गर्ने, २. स्तरीय कृतिको प्रकाशन गर्ने, ३. स्रष्टाको सम्मान गर्ने, ४. साहित्य, कला र संस्कृतिबारे सभासम्मेलन र गोष्ठी गर्ने, ५. सर्जकहरूको क्षमताबृद्धिका लागि वातावरण तयार गर्ने, ६. नेपाली परिवेशका उत्कृष्ट व्यक्तित्वलाई पुरस्कार समर्पित गर्ने, ७. बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई प्रोत्साहित गर्ने ।
Introduction
Nai Prakashan named after first letters of literateur Narendra Raj Prasai & Indira Prasai (NAI). Nai Prakashan was established in 1996 for the enrichment of Nepali language and literature. Our seniors devoted to the upliftment of Nepali language were the source of inspiration. It's a call of time that litterateures have been consciously organized in the realm of Nepali literature. It is indeed a matter of satisfaction for Nai to honour all involved in the service of Nepali language.
Nai Prakashan, an established name in the field of Nepali language, literature, art and culture, has been publishing books with its occasional involvement in cultureal activities. Born out of attachment, belongingness and dedication for language and literature, Nai is a common platform. Nai is determined to continue its journey being guided by our glorious norms and values. After all, any noble service does have its significance in the grand process of nation building.
We'd like to give a beautiful presentation to any Nepali work of art in the best way we can. In fact, the consciousness of creators keeps the nation living. We have to find out what we can give to our motherland, who gave us life. As for Nai Prakashan it's determined in the service of the nation through language and literature.
|