![]() |
![]() |
हाम्रोबारेनेपाली साहित्यका विभूति
केही कृतिका पूर्णपाठ
सूचना र समाचार
English Section
उपयोगी लिङ्ककथा, कविता र निबन्ध |
बुलु शर्माको निबन्ध (बुलु शर्माले नेपाली भाषासाहित्यमा आत्मकथाकारका रूपमा प्रसिद्धि कमाएकी छिन् । खास गरेर उनको 'छुटेको पाइला' (२०६०) ले उनलाई चर्चाको धुरी चढाइदियो । ७६ खण्डमा आधारित यो ग्रन्थ ३२० पृष्ठको छ । १९८५ सालमा भारतको वनारसमा जन्मेकी बुलु शर्माको यो कृति अनुवाद भएर समुन्द्रपार देशका भाषाबाट पनि प्रकाशनमा अएको छ र त्यो क्रमले त्यतातिरका अन्य भाषा पनि 'छुटेको पाइला'ले समाइ रहेको छ । सरस्वतीको वरदान मेरो माइतीलाई केही थियो नै भन्नुपर्यो । किनभने मेरी ठूली आमा अम्बालिकादेवीले पहिलो नेपाली ऐतिहासिक उपन्यास राजपूतरमणी लेख्नुभएको थियो । मेरो ठूलो हजुरबुबा देवीप्रसादले बनारसबाट दुईतीनओटा किताब निकाल्नुभयो हृदयोद्गार आदि । मोतीराम भट्टलाई उहा“ले साहित्यलेखनपट्ट केही सहयोग गरेको पनि पढ्न पाइएको छ । एकदुईजना अरु छिटफुट लेखक भए । त्यसै परिवारकी म अकिञ्चन पात्री यो सानो संस्मरण लेख्ने दुःसाहस गरिराखेकी छु ।
मैले पाठयक्रममुताविक पढ्न लेख्न पाइनँ । सात कक्षामा पढ्दापढ्दै छुटाइदिए र घरै थन्कनुपर्यो । प्रवासी नेपाली भए तापनि रूढिवादी र मानसिक रूपमा विचारधारा पुरानो नै थियो ।
म सुरुदेखि मोटीघाटी थिएँ । उमेरभन्दा बढी देखिन्थें । विवाह त आफ्नै समाजमा गर्नुपर्छ, तर गतिलो केटा मुगलानमा कहाँ पाइन्थ्यो र ? तसर्थ नेपालमै छोरी दिनुपर्छ भन्ने पक्कै थियो ।
मेरा दुईजना दाजुहरू होइबक्सन्थ्यो । उहाँहरूलाई अङ्ग्रेजी माध्यम भएको कन्भेन्ट स्कूलमा भर्ना गरियो । मलाई चाहिँ छोरीलाई अङ्ग्रेजी चालचलनमा ढाल्नु हुँदैन भनी हिन्दी मीडियम स्कूलमा हाले । मेरी मुमालाई यहीँ इङ्लिश स्कूलमा हाल्न मन थियो । तर उहाँको केही लागेन । नेपालमा दिने छोरीलाई कसरी अङ्ग्रेजीमा ढाल्ने ? तर अरु थोक चालचलन सबै उति नै भड्किलो थियो । त्यस कुराको भान मलाई अहिले आएर भइराखेको छ ।
काठमाडौंका बाहुनहरूको घर र राणाशाहहरूको रहनसहन एकदम भिन्दै हुँदो रहेछ । बाहुनले तडकभडक देखाउनै नहुने र राणाजीहरूसित दाँजो लाग्न नहुने थियो । साठी वर्षघिको कुरा हो यो ।
भइहाल्यो, विवाहअघिकै कुरा टुङ्ग्याउँ पहिले । बिहा भएपछि त फेरि त्यो जीवन एकदमै अर्कै पद्धतिमा ढल्ने भयो । जीवनको अन्तसम्म त्यही सिलसिला रहिरह्यो ।
मेरो ठूलो बुबा अति नै शौकीन स्वभावको हुनुहुन्थ्यो प्रत्येक गर्मीको बिदामा हामी सबै पहाडी स्थान (Hill station) कहिले शिमला, कहिले मसूरी, कहिले नैनीताल आदि । दुई महीना भए पनि हामी गर्मी छल्थ्यौँ । बडो शानसित हामी जान्थ्यौँ । नोकरचाकर, बाहुनी, सुसारे सबै जान्थ्यौँ । त्यहा“ पनि फर्स्ट क्लासको फ्लाट डेरा लिन्थ्यौँ । पहिले हाम्रा स्टाफहरू गएर सब मिलाएर आउँथे । त्यसवेला भारतमा सानासाना स्टेटहरूमा राजाहरू हुन्थे । यी कुन चाहिँ स्टेटका रजबाडा हुन् भनी मानिसहरू सोध्थे । मलाई चाहिँ एउटा पोनी (सानो घोडा) ठीक गरिदिएको हुन्थ्यो । बिहानबिहान त्यसैमा डुल्न जान्थेँ ब्रिजेज शर्ट लगाएर । कठै, कति उमेर थियो र ? चार वर्षेखि बाह्र वर्षम्मको सम्झना छ । त्यसपछि ठूली भई भनेर त्यो पनि बन्द भयो ।
पहाडी ठाउँमा त्यसताका मोटर चल्दैनथ्यो । ठूलाठूला रियासतकाहरू आफ्नै ठूलो रिक्शा राख्थे । तीनजना बस्न सकिन्थ्यो । चारजना मान्छेले तान्थे, हाते रिक्शा । अहिले उनीहरूको पोशाक सम्झँदा पनि मनमा रमाइलो लाग्छ । पहेँलो अथवा नीलो पोशाक, चुच्चे टोपी, त्यसमा पगरी गुतेको हुन्थ्यो । गोडामा पट्टी बाँधिएको हुन्थ्यो । पहाडी ठाउँ भएकोले होला । जुत्ता चाहिँ फित्ता भएको हैन गोडा छिराउन हुने र त्यसको अघिल्लो चुच्चो माथितिर फर्केको हुन्थ्यो । हाँसो लाग्थ्यो । हामी दाजुबहिनी त्यो ड्रेस हेरी खूब हा“स्थ्यौँ । ती रिक्शा तान्ने कुल्लीहरूलाई झमपानी भन्थे ।
यी सब कुरा अहिलेका हैनन् । त्यसै वेलाका घटनाहरू सम्झेर पाठकहरू पनि रमाउनुहोस् है ! एकचोटिको कुरा सम्झन्छु, हामी नैनीताल गएका थियौँ । त्यहाँ गभर्नर हाउसमा त्यसवेला अङ्ग्रेज बस्थे, खास गरी गर्मीमा जान्थे । बडो राम्रो चौर र बगैँचा थियो । त्यो ठाउँ मलाई अति मन पर्यो । सानैदेखि प्राकृतिक सौर्न्दर्यमा हराउने बानी थियो मेरो । ९ बजेतिर बिहान घोडामा डुल्न जान्थेँ । र्सइसलाई त्यतैतिर लिएर जाऊ भनेँ । पहाडी उकालो लाग्नेबित्तिकै दुवैतिर हरिया भारी गलैँचा बिछयाइएजस्तो चौर देखियो । ननहरू (इङ्लिश स्कूलमा पढाउने टीचरहरू) त्यहीँ टहलिरहेका थिए, गोरा, राम्रा, मदरहरूको आफ्नै ड्रेसमा आइराखेका थिए, मनिर आएर एकाएक रोकिए, 'हलो बेबी ? तिमी कुन चाहिँ स्टेटकी प्रिन्सेज हौ ?' भनी सोधे । म बच्चै थिएँ, कुराको मतलब बुझन सकिनँ । मेरो सइसलाई सोधे । उसले 'ये नेपाली राजाबाबुकी बेटी है“' भनी भन्यो । हामी जहाँ गए पनि आफ्नो नेपाली पन कैल्यै छुट्दैनथ्यो । आफु नेपाल आउन नपाए पनि नेपाली पन के रहेछ भन्ने जिज्ञासा मलाई पनि लागिरहन्थ्यो ।
अनि ती दुइटी ननहरूले मलाई आफुसित आउनू भनी सङ्केत गरेर आफु अघि लागी मलाई उनीहरूको स्कूलसम्म लगे । म पनि फुरुक्क परी रमाउँदै पछि लागेँ । त्यो स्कूल कन्भेन्ट थियो । मेरो सइस चाहिँ डराइराखेको थियो, 'हैन, वेलैमा फर्कनु पर्छ, नेपाली राजा बाबु गुस्सा होगा' भनिराख्या थियो । तीमध्ये एउटी मदरले 'नहीं, तुम जाओ हमने रोका बोलना' भनी मलाई सँगै स्कूलभित्र लगे । अङ्ग्रेजी स्कूलमा पस्न पाउँदा म दङ्ग थिए“ । डर पनि लागेन, गाह्रो पनि लागेन । त्यहाँ त्यसदिन स्कूलको उत्सव थियो । म जस्तै केटी तिनीहरूलाई चाहिएको रहेछ मोटीघाटी रातोरातो गाला भएकी । मलाई लुगा फेराएर परीको लुगा लगाइदिए । अहिले पनि त्यो दृश्य झलझली आँखामा आइरहेछ ।
सेतो फर्रर फुलेको लेसैलेसको खण्डखण्ड परेको फ्रक थियो । सेतो मोजा, सेतो बुट । हातमा सानो झल्कँदो लट्ठी थियो । त्यसमा सेतो चाँदी जस्तो कागजले मोडिएका चन्द्रमा र तारा बनेका थिए । मुखमा पनि बेसरी लाली र पाउडर लगाइदिए, कपाल पनि फररर पारेर कोरिदिए । म बुझिराख्या थिइनँ । मलाई किन यस्तो राम्री पारेका हुन्, तर रमाइराखेकी थिएँ । अरु केटीहरू पनि त्यस्तै गरी सिँगारिएका थिए । मलाई लगेर डान्स देखाउने स्टेजमा अरुसित उभ्याइदिए । माझमा म थिएँ । मीठो बाजा बज्यो । सब नाच्न थाले । म पनि जानीनजानी हात हल्लाउन र कम्मर घुमाउन थालेँ । पछि कजयध सकिएपछि थपडी पिटे सबले । मदरले आएर मलाई बोकेर म्वाई खाइन्, चकलेटहरू दिइन् । त्यतिन्जेल मलाई म कहाँ आइपुगेँ, आफ्ना मुमाबुबा कहाँ गए, कहिले घर पुगुँला भन्नेसम्म पनि भएन । समय ढल्दै आएपछि पो म रुन थालिछु । उनीहरू पनि आपसमा कुरा गर्न थाले । मैले बुझनिँ । साँझपख मलाई कोही लिन आएजस्तो लाग्यो । मेरो नाम लिएर मदरले डाकिन्, मलाई अफूसिमा पुर्याइन् । त्यहाँ बुबा बसेको देखेँ । म दौडेर बुबालाई च्याप्न पुगेँ ।
'क्या हो यसरी आएर बसिदिने हो ? डर छैन छोरी ? तिमीलाई !' बुबाले भन्नुभयो र अङ्ग्रेजीमा मदरहरूसित के के कुरा गरिबक्स्यो उनीहरूले Sorry भनेको चाहिँ सम्झन्छु । उनीहरूले र्सइसलाई चिट लेखेर दिई पठाएका रहेछन् । त्यसको आधारमा बुबा आउनुभएको रहेछ । आज सम्झन्छु ।
आजभोलिको समय भएको भए बच्चा चोरिने डर हुन्थ्यो । त्यो सइस पनि कस्तो इमानदार रहेछ । धनीका छोराछोरीलाई फरौती गरी रकम असूल गर्ने वेला थिएन । जहाँ लगे पनि म त खुरुखुरु जान्थेँ । मानिसहरू सोझा थिए । त्यो धार्मिक जमाना थियो ।
सम्झना लेख्ने सिलसिलामा अर्को पनि रमाइलो घटना एकाएक मानस पटलमा अङ्कित हुन आइपुग्यो । त्यसवेला पनि हामी गर्मी छल्न दुईइ महीनाको स्कूलबिदामा सिमला गएका थियौँ । म आठनौ वर्षी थिएँ हुँला । मालक्षेत्र बङ्गला शिमलामा बसेका थियौँ । नजिकै एउटा पन्जाबी परिवार बस्थ्यो । तिनका दुई छोरी थिए- पुष्पा र दमो । पुष्पा अलि ठूली थिइन् दमो मेरै उमेरकी थिइन् । दोस्ती गर्न म पक्का थिएँ । चाँडै नै हामीमा दोस्ती र चिनजान भयो र घरमा पनि आवतजावत हुन थाल्यो । मेरी मुमाको पनि उनीहरूकी मम्मीसित चिनजान भयो । अनि त आउन जान केही रोकटोक रहेन । हामी सँगै घुम्न जान्थ्यौँ, बजार, सिनेमा, स्केटिङ गर्ने गरी जहाँ पनि पुग्थ्यौँ । तिनीहरू त्यहीँका बासिन्दा थिए । कपूर परिवारका थिए । तिनको एउटा सिनेमाहल र होटल थियो । अहिले सम्झन्छु- उनीहरू धनी थिए । त्यसवेला धनी र गरीबको भेदभाव गर्न हामीलाई आउँदैनथ्यो । हामी सब एकै थियौँ ।
|
नेपाली साहित्यका विभूतिनइ टेलिफोन कोशनइको चिनारीनारीचुलीनारीस्रष्टाका तस्वीर
खनूपरूदे रामबाबू![]() ![]() |
| © २०६३ (2007), सर्वाधिकार सुरक्षित नइ प्रकाशन, काठमाडौं, नेपाल naiprasai@gmail.com |