नइ प्रकाशन
»  नइ खराबाट ६ जना पुरस्कृत   »  देशविदेशका नौ जनालाई पुरस्कार   »  नेपाल-भारतका ६ जना स्रष्टा पुरस्कृत   

प्रभासगीता महाकाव्य

चटौतलाई चन्द्रधन पुरस्कार
 
आर.डी.'प्रभास' चटौतको नेपाली भाषासाहित्यमा एउटा अर्को उच्चस्तरीय कृति प्रभासगीता महाकाव्य (२०६६) नइ प्रकाशनबाट प्रकाशनमा आएको छ। चौडाई ८ र लम्बाई ११ ईन्च अनि १३६८ पृष्ट (A 4 Size) मा आधारित यस्तो वृहत् ग्रन्थ नेपाली भाषामा प्रकाशित हुनु एउटा प्रेरक विषय भएको छ।आजसम्मको मुल्याङ्कनमा यस ग्रन्थले नेपाली भाषामा लेखिएको गीतामाला अर्न्तगतको प्रथम वृहत् ग्रन्थ हुने सुअवसर समेत पाएको छ ।

आर
.डी.'प्रभास' चटौतको प्रभासगीता महाकाव्यलाई पचास हजार रूपियाँ राशिको २०६६ सालको चन्द्रधन पुरस्कार प्रदान गरिएको छ ।

 
नेपाली भाषा साहित्यमा आर.डी. प्रभास' चटौत सुपरिचित नाँउ हो । चटौतको लेखनका विभिन्न आयाम नेपाली भाषासाहित्यका सम्पतिका रूपमा रहेका छन् ।नेपाली भाषासाहित्यका विविध विधामा कलम चलाउँने चटौत रचनाको जुन पाटोमा पनि सफल स्रष्टाका रुपमा प्रशंसित हुनुहुन्छ । उहाँ सरकारी जागीरमा पनि विशिष्ट श्रेणीसम्मको ओहोदामा सफलतापूर्वक पुग्नुभयो, त्यसरी नै उहाँ लेखनमा पनि विशिष्टकोटिमै स्थापित हुनुहुन्छ ।
 
विश्वका कैयौं भाषामा प्रकाशित भइसकेको श्रीमद्भगवद्गीता मानव जातिकै मार्गद्रष्टाका रुपमा रहीआएको छ । यो एउटा धार्मिक कृति भइकन पनि मानव जातिलाई कर्तव्य बोध गराउने मुल मन्त्र पनि हो । केवल अधिकारको मात्र हुंकारमुलक संस्कृतिको बढोत्तरी भइरहेको वर्तमान विश्वको सर्न्दर्भमा आर.डी. प्रभास चटौतले आफ्नो नाउँ जोडेर प्रस्तुत गर्नु भएको यो ग्रन्थ समयसापेक्ष हुनाका साथै नेपाली भाषाको गर्व समेत हो भन्ने हामीलाई लागेको छ ।