नइ प्रकाशन
»  नइ खराबाट ६ जना पुरस्कृत   »  देशविदेशका नौ जनालाई पुरस्कार   »  नेपाल-भारतका ६ जना स्रष्टा पुरस्कृत   

नौ कन्यालाई पुरस्कार

काठमाडौं, कात्तिक २७, २०६६
          नइ प्रकाशनका मानार्थ सदस्य तथा दाता खनूपरूदे 'रामबाबू'ले राष्ट्रका विविध क्षेत्रमा समर्पित भई आआफ्नो ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने नौजना बालिकालाई एक समारोहमाझ नइ देरुनिखपु पुरस्कार प्रदान गर्नु भयो ।

         नइ देरूनिखपु बाल पुरस्कार साहित्यतर्फविभु लुइटेल र ऋभु लुइटेललाई संयुक्त रूपमा प्रदान गरियो । यसैगरी नइ देरुनिखपु बाल पुरस्कार चित्रकलातर्फ रीया तण्डुकार, गायनतर्फ निर्जला पराजुली, नृत्यतर्फ ईप्सु ढकाल, खेलकुदतर्फ रमीता चौधरी र रेडियो पत्रकारितातर्फ श्रीजा रेग्मीलाई प्रदान गरियो । यी पुरस्कारमा ताम्रपत्रका साथ जनही दस हजार रूपियाँ राशि रहेका छन् ।
          यसैगरी दाता खनूपरूदे 'रामबाबू'ले गायनमा प्रियाञ्जली शर्मा र नृत्यमा मार्टिना महर्जनलाई नइ देरूनिखपु कोपिला पुरस्कार प्रदान गर्नु भयो । यी पुरस्कारमा पनि ताम्रपत्रका साथ जनही पाँच हजार रूपियाँ राशि रहेका छन् ।
           समारोहका प्रमुख अतिथि प्रा.डा.चूडामणि बन्धुले नेपाली परिवेशको विविध क्षेत्रमा नइ प्रकाशनको योगदानको चर्चा गर्नु भयो ।
          नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न सो समारोहमा उपाध्यक्ष प्रा.डा. रामप्रसाद उप्रेती, सदस्यसचिव नरेन्द्रराज प्रसाई र डा. होसिम प्रसाई थापाले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो ।
         समारोहमा पुरस्कृत बालिकाहरूले कवितावाचन, समाचारवाचन गर्नुका साथै नाचगान पनि प्रस्तुत गरेका थिए ।
   नइ प्रकाशन र दाता खनूप्रुदे 'रामबाबू'का बुबा लप्टन देवीप्रसाद प्रर्साई, आमा रुद्रकुमारी, पत्नी नीलिम,दाता खनूप्रुदे रामबाबू र पत्नी पूनावतीका नाउँका अघिल्ला अक्षरहरू जोडेर नइ प्रकाशनद्वारा गत वर्ष यी पुरस्कारको स्थापना गरिएको हो ।
          हरेक वर्षदसदेखि पन्ध्रवर्षम्मका छजना बालबालिकालाई नइ देरूनिखपु बाल पुरस्कार र पाँचदेखि दस वर्षम्मका दुईजना बालबालिकालाई नइ देरूनिखपु कोपिला पुरस्कार प्रदान गरिनेछ ।