नइ प्रकाशन Nai Prakashan
»  अन्तर्राष्ट्रिय र राष्ट्रिय पुरस्कार   »  नइ देरुनीखपू पुरस्कार   »  देशविदेशका दस जनालाई नइ पुरस्कार   »  वाङमय, धर्म र सेवा पुरस्कार   

नइ प्रकाशनका प्रमुख पूर्वकार्य

राष्ट्रकविको उपाधि
नइ प्रकाशनको माग, सिफारिस र पहलमा राज्यबाट २०६० साल असोज ६ गते श्री माधवप्रसाद घिमिरेलाई राष्ट‌्रकविको उपाधि प्रदान गरिएको थियो ।

त्रिमूर्ति निकेतनको निर्माण

नइ प्रकाशनको संयोजनमा काठमाडौंको सन्चारग्राममा त्रिमूर्ति (कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा) को पूर्णकदको सालिक स्थापना र त्रिमूर्ति निकेतनको निर्माण गरिएको हो । २०६१ साल भदौ ११  गते  त्रिमूर्तिको अनावरण र निकेतनको उद्घाटन गरिएको थियो ।

अरनिकोको सालिक स्थापना
नइ प्रकाशनले २०६२ साल मङ्सिर २० गते काठमाडौंको बौद्धस्थित कलाकार श्री मनुजबाबु मिश्रका घर परिसर हर्मिताजमा पूर्ण वानेमकृत अरनिकोको सालिक उद्घाटन गर्यो ।  नेपालमा  अरनिकोको सालिक राखिएको यो प्रथम हो ।

प्राज्ञको आजीवन सदस्यता पुनर्बहाली 
गणतन्त्र नेपालको आगमनसँगै नेपाल प्रज्ञाप्रतिष्ठानको ऐन परिवर्तन भई प्रतिष्ठानका आजीवन सदस्यको पद र भत्ता खारेजीमा परेको थि‍यो । नइ प्रकाशनको निवेदनमा नेपाल मजदुर किसान पार्टीद्बारा व्यवस्थापिका संसदमा पहल गरी प्रतिष्ठानको ऐन सुधारेर आजीवन सदस्यको पद र भत्ताको पुनर्जन्म गराएको थियो ।

भानुभक्त आचार्यको द्विशतवार्षिकी
नइ प्रकाशन र त्रिमूर्ति निकेतनको पहल, सिफारिस र प्रबन्धनमा नेपाल सरकारले भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समितिको गठन गरेर नेपालका १४ अञ्चल र विश्वका २३ राष्ट्रमा समारोह समिति गठन गरी यो पर्व मनाएको थियो । यस कार्यका लागि नेपाल सरकारले भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समितिलाई एक करोड रुपियाँ प्रदान गरेको थियो ।

नेपाली साहित्यका विश्वनारी रत्नको उपाधि र रथारोहण
नइ प्रकाशनको संयोजनमा डा.वानीरा गिरीलाई त्रिमूर्ति निकेतनबाट नेपाली साहित्यका विश्वनारी रत्नको उपाधि प्रदान गरिएको थियो । २०७१ साल जेठ १६ गते सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाबाट डा.गिरीलाई
सो उपाधि प्रदान गरिएको थियो । साथै सोही दिन प्रधानमन्त्री कोइरालाबाट डा.गिरीलाई रथारोहण समेत गराइएको थियो ।

शताब्दी पुरुषको उपाधि
नइ प्रकाशन र त्रिमूर्ति निकेतनको माग, सिफारिस र पहलमा राज्यबाट २०७४ साल वैशाख २१ गते डा.सत्यमोहन जोशीलाई शताब्दी पुरुषको उपाधि प्रदान गरिएको थियो । 

सम्मान तथा अभिनन्दन
नइ प्रकाशनले राष्ट्र र समाजमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्त्वलाई बेलाबखत  सम्मान (नगद राशि सहित) तथा अभिनन्दन गर्दै आएको छ :
नइ सुर पुरस्कार
. तारादेवी (गायन : २०५६)
. नातिकाजी (सङ्गीत : २०५७)
. ईश्वरवल्लभ (साहित्य : २०५८)
माधव घिमिरे (गीत)
पुरस्कार
. नीरशमशेर (२०५७)
. किरण खरेल (२०५८)
नातिकाजी (सङ्गीत)
पुरस्कार
. पन्नाकाजी (२०५७)
. कल्याण रिमाल (२०५८)

तारादेवी (गायन) पुरस्कार
१. बिजू रिमाल (२०५७)
२. नूपुर भट्टचार्य (२०५८)

नइ कलानिधि पुरस्कार
. कृष्णहरि बराल (गीतिरचना : २०५५)
. प्रकाश श्रेष्ठ (गायन : २०५५)
. शम्भुजित बाँसकोटा (सङ्गीत : २०५५)
. राम थापा (गायन तथा सङ्गीत : २०५६)
. मधु क्षेत्री (गायन : २०५७)
. तीर्थकुमारी (गायन : २०५८)
. गणेश पराजुली (गायन तथा सङ्गीत : २०५९)
. यशोदा पराजुली (गायन : २०५९)
शिखा सुर पुरस्कार (२०५७ : सङ्गीतकर्मी)
. रत्नबहादुर
. दिलमाया खाती
. प्रकाश श्रेष्ठ
. रविन शर्मा
. शिलाबहादुर मोक्तान
. सपनाश्री
. लासिमित राई
. रामकृष्ण ढकाल
. उदय सोताङ
१०. मनिला सोताङ
११. शर्मिला वर्देवा
१२. मनोज सेवा
नइ सुर बाल पुरस्कार (२०६०)
. प्रवेश पौडेल
 अरनिको सम्मान (२०६२)
१. मनुजबाबु मिश्र
२. पूर्ण वनेम
नइ इरा पुरस्कार (२०६४)
१. इन्द्र खत्री
अभिनन्दन
. तारादेवी (२०५५)
. नातिकाजी (२०५६)
. मनुजबाबु मिश्र (२०५८)
. कमल दीक्षित (२०५९)
. ईश्वरवल्लभ (२०६०)
६. खनूपरुदे रामबाबू (२०६६)