नइ प्रकाशन
»  नइ खराबाट ६ जना पुरस्कृत   »  देशविदेशका नौ जनालाई पुरस्कार   »  नेपाल-भारतका ६ जना स्रष्टा पुरस्कृत   

पुरस्कार

फोटो: इन्दिरा प्रसाई, नरेन्द्रराज प्रसाई र खनुपरूदे रामबाबू
०००००००००००००००००००००००००००००००००००००००००००

१) नइ देरूख अन्तरर्राष्ट्रिय पुरस्कार नइ प्रकाशन र दाता खनुप्रुदे 'रामबाबू'का बुबा देवीप्रसाद प्रसाई,आमा रुद्रकुमारी प्रसाई र दाता खनुप्रुदे 'रामबाबूको नाउँको अघिल्लो अक्षर जोडेर स्थापना गरेको तीन लाख रूपियाँ राशिको यो पुरस्कार अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये एक जना विशिष्ठ विदेशी व्यक्तित्वलाई हरेक वर्ष ससम्मान प्रदान गरिनेछ ।

२) नइ देरूनीख अन्तरर्राष्ट्रिय पुरस्कार नइ प्रकाशन र दाता खनुप्रुदे 'रामबाबू'का बुबा देवीप्रसाद प्रसाई,आमा रुद्रकुमारी प्रसाई,पत्नी नीलिम प्रसाई र दाता खनुप्रुदे 'रामबाबूको नाउँको अघिल्लो अक्षर जोडेर स्थापना गरेको दुई लाख रूपियाँ राशिको यो पुरस्कार अन्तरार्ष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये एक जना विशिष्ठ नेपालीगोर्खाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष ससम्मान प्रदान गरिनेछ ।

३) नइ खरा सुकीर्ति पुरस्कार नइ प्रकाशन र दाता खनुप्रुदे 'रामबाबू'को नाउँको अघिल्लो अक्षर जोडेर स्थापना गरेको एक लाख रूपियाँ राशिको यो पुरस्कार राष्ट्रका विविध क्षेत्रमा ख्याति कमाएकामध्ये एक जना विशिष्ठ व्यक्तित्वलाई हरेक वर्षससम्मान प्रदान गरिनेछ ।

४) नइ खरा प्रदीप्ति पुरस्कार नइ प्रकाशन र दाता खनुप्रुदे 'रामबाबू'को नाउँका अघिल्ला अक्षर जोडेर स्थापना गरेको पचास हजार रूपियाँ राशिको यो पुरस्कार राष्ट्रका विविध क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएकामध्ये पचास वर्ष नाघेका एक जना सुप्रसिद्ध व्यक्तित्वलाई हरेक वर्षससम्मान प्रदान गरिनेछ ।

५) नइ खरा गौरव पुरस्कार नइ प्रकाशन र दाता खनुप्रुदे 'रामबाबू'को नाउँका अघिल्ला अक्षर जोडेर स्थापना गरेको पच्चीस हजार रूपियाँ राशिको यो पुरस्कार राष्ट्रका विविध क्षेत्रमा योगदान पुर्याएकामध्ये पच्चीसदेखि पचास वर्षम्मका एक जना प्रसिद्ध व्यक्तित्वलाई हरेक वर्षससम्मान प्रदान गरिनेछ ।

६) नइ खरा पौरख पुरस्कार नइ प्रकाशन र दाता खनुप्रुदे 'रामबाबू'को नाउँका अघिल्ला अक्षर जोडेर स्थापना गरेको पन्ध्र हजार रूपियाँ राशिको यो पुरस्कार राष्ट्रका विविध क्षेत्रमा योगदान पुर्याएकामध्ये पन्ध्रदेखि पच्चीस वर्षम्मका एक जना होनहार प्रतिभालाई हरेक वर्षससम्मान प्रदान गरिनेछ ।

७)  नइ देरुनिखपू बाल पुरस्कार नइ प्रकाशन र दाता खनुप्रुदे 'रामबाबू'का बुबा देवीप्रसाद प्रसाई, आमा रुद्रकुमारी प्रसाई, पत्नी नीलिम प्रसाई, दाता खनुप्रुदे 'रामबाबू र पत्नी पूनावती प्रसाईको नाउँका अघिल्ला अक्षरहरू जोडेर स्थापना गरेको दस हजार रूपियाँ राशिको यो पुरस्कार दसदेखि पन्ध्रवर्षम्मका बालबालिकामध्ये एकजनालाई हरेक वर्षसाहित्यका क्षेत्रमा ससम्मान प्रदान गरिनेछ ।

८) नइ देरुनिखपू बाल पुरस्कार नइ प्रकाशन र दाता खनुपरूदे 'रामबाबू'का बुबा देवीप्रसाद प्रसाई,आमा रुद्रकुमारी प्रसाई, पत्नी नीलिम प्रसाई, दाता खनुपरूदे 'रामबाबू र पत्नी पूनावती प्रसाईको नाउँका अघिल्ला अक्षरहरू जोडेर स्थापना गरेको दस हजार रूपियाँ राशिको यो पुरस्कार दसदेखि पन्ध्रवर्षम्मका बालबालिकामध्ये एक जनालाई हरेक वर्षचित्रकलाका क्षेत्रमा ससम्मान प्रदान गरिनेछ ।

९) नइ देरुनिखपू बाल पुरस्कार नइ प्रकाशन र दाता खनुपरूदे 'रामबाबू'का बुबा देवीप्रसाद प्रसाई, आमा रुद्रकुमारी प्रसाई, पत्नी नीलिम प्रसाई, दाता खनुपरूदे 'रामबाबू र पत्नी पूनावती प्रसाईको नाउँका अघिल्ला अक्षरहरू जोडेर स्थापना गरेको दस हजार रूपियाँ राशिको यो पुरस्कार दसदेखि पन्ध्रवर्षम्मका बालबालिकामध्ये एकजनालाई हरेक वर्षगायनका क्षेत्रमा ससम्मान प्रदान गरिनेछ ।

१०) नइ देरुनिखपू बाल पुरस्कार नइ प्रकाशन र दाता खनुपरूदे 'रामबाबू'का बुबा देवीप्रसाद प्रसाई,आमा रुद्रकुमारी प्रसाई,पत्नी नीलिम प्रसाई, दाता खनुपरूदे 'रामबाबू र पत्नी पूनावती प्रसाईको नाउँका अघिल्ला अक्षरहरू जोडेर स्थापना गरेको दस हजार रूपियाँ राशिको यो पुरस्कार दसदेखि पन्ध्रवर्षम्मका बालबालिकामध्ये एक जनालाई हरेक वर्षनृत्यका क्षेत्रमा ससम्मान प्रदान गरिनेछ ।

११) नइ देरुनिखपू बाल पुरस्कार नइ प्रकाशन र दाता खनुपरूदे 'रामबाबू'का बुबा देवीप्रसाद प्रसाई, आमा रुद्रकुमारी प्रसाई,पत्नी नीलिम प्रसाई, दाता खनुपरूदे 'रामबाबू र पत्नी पूनावती प्रसाईको नाउँका अघिल्ला अक्षरहरू जोडेर स्थापना गरेको दस हजार रूपियाँ राशिको यो पुरस्कार दसदेखि पन्ध्रवर्षम्मका बालबालिकामध्ये एक जनालाई हरेक वर्षखेलकूदका क्षेत्रमा ससम्मान प्रदान गरिनेछ ।

१२) नइ देरुनिखपू बाल पुरस्कार नइ प्रकाशन र दाता खनुपरूदे 'रामबाबू'का बुबा देवीप्रसाद प्रसाई,आमा रुद्रकुमारी प्रसाई,पत्नी नीलिम प्रसाई,दाता खनुपरूदे 'रामबाबू र पत्नी पूनावती प्रसाईको नाउँका अघिल्ला अक्षरहरू जोडेर स्थापना गरेको दस हजार रूपियाँ राशिको यो पुरस्कार दसदेखि पन्ध्रवर्षम्मका बालबालिकामध्ये कुनै उल्लेखनीय काम गरेका एक जनालाई हरेक वर्षससम्मान प्रदान गरिनेछ ।

१३) नइ देरुनिखपू कोपिला पुरस्कार नइ प्रकाशन र दाता खनुपरूदे 'रामबाबू'का बुबा देवीप्रसाद प्रसाई, आमा रुद्रकुमारी प्रसाई, पत्नी नीलिम प्रसाई,दाता खनुपरूदे 'रामबाबू र पत्नी पूनावती प्रसाईको नाउँका अघिल्ला अक्षरहरू जोडेर स्थापना गरेको पाँच हजार रूपियाँ राशिको यो पुरस्कार पाँचदेखि दसवर्षम्मका बालबालिकामध्ये एक जनालाई हरेक वर्षगायनका क्षेत्रमा ससम्मान प्रदान गरिनेछ ।

१४) नइ देरुनिखपू कोपिला पुरस्कार नइ प्रकाशन र दाता खनुपरूदे 'रामबाबू'का बुबा देवीप्रसाद प्रसाई, आमा रुद्रकुमारी प्रसाई, पत्नी नीलिम प्रसाई,दाता खनुपरूदे 'रामबाबू र पत्नी पूनावती प्रसाईको नाउँका अघिल्ला अक्षरहरू जोडेर स्थापना गरेको पाँच हजार रूपियाँ राशिको यो पुरस्कार पाँचदेखि दसवर्षम्मका बालबालिकामध्ये एक जनालाई हरेक वर्षनृत्यका क्षेत्रमा ससम्मान प्रदान गरिनेछ ।

१५) नइ रेखा पुरस्कार नइ प्रकाशनको अघिल्लो शब्द र दाता भरतराज प्रसाई र रूपा प्रसाईकी दिवङ्त छोरी रेखा प्रसाईको स्मृतिमा स्थापना गरेको दस हजार रूपियाँ राशिको यो पुरस्कार पच्चीसदेखि पचासवर्षम्मका एक जना नारीस्रष्टालाई हरेक वर्षससम्मान प्रदान गरिनेछ ।

१६) नइ कोइलीदेवी पुरस्कार नइ प्रकाशनको अघिल्लो शब्द र नेपाली सङ्गीतकी सुविख्यात गायिका,सङ्गीतकार र रचनाकार कोइलीदेवीका सम्मानमा स्थापना गरेको दस हजार रूपियाँ राशिको यो पुरस्कार पच्चीसदेखि पचासवर्षम्मका एक जना सङ्गीतकर्मीलाई हरेक वर्षससम्मान प्रदान गरिनेछ ।

१७) नइ ईश्वरवल्लभ पुरस्कार नइ प्रकाशनको अघिल्लो शब्द र नेपाली साहित्यका सुप्रसिद्ध स्रष्ट्रा ईश्वरवल्लभका सम्मानमा स्थापना गरेको दस हजार रूपियाँ राशिको यो पुरस्कार पच्चीसदेखि पचासवर्षम्मका एक जना स्रष्टामा हरेक वर्षससम्मान प्रदान गरिनेछ । नइ ईश्वरवल्लभ पुरस्कार स्रष्टा प्राध्यापक डा.रामप्रसाद उप्रेती र स्रष्टा उषा शेरचनको सहयोगबाट स्थापना भएको हो । 

१८) नइ गणेशदुर्गा पुरस्कार नइ प्रकाशनको अघिल्लो शब्द र स्रष्टा इन्दिरा प्रसाईका बुबा स्वर्गीय गणेशप्रसाद शर्मा र आमा दुर्गादेवी नेपालका नाउँका अगाडिका शब्द जोडेर स्थापना गरेको दस हजार रूपियाँ राशिको यो पुरस्कार नेपाली भाषासाहित्यमा पच्चीसवर्षननाघेका स्रष्टाद्वारा लेखिएको एउटा उत्कृष्ट कृतिलाई हरेक वर्षससम्मान प्रदान गरिनेछ ।

१९) नइ रामलक्ष्मी पुरस्कार नइ प्रकाशन र दाता प्रा.डा. रामप्रसाद उप्रेती र निजकी पत्नी लक्ष्मी उप्रेतीका नाउँका अघिल्ला शब्द जोडेर स्थापना गरेको दस हजार रूपियाँ राशिको यो पुरस्कार यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुद्वारा राष्ट्रका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका मध्ये पचास वर्षम्मका एक जना व्यक्तित्वलाई हरेक वर्ष ससम्मान प्रदान गरिनेछ । 

२०) नइ भाजप पुरस्कार नइ प्रकाशन र स्रष्टा नरेन्द्रराज प्रसाईका आमा भागीरथा प्रसाई, बुबा स्वर्गीय जयप्रसाद प्रसाई र दाजु स्वर्गीय पद्मराज प्रसाईका नाउँका अघिल्ला अक्षरहरू जोडेर स्थापना गरेको दस हजार रूपियाँ राशिको यो पुरस्कार राष्ट्रका विविध क्षेत्रमा योगदान पुर्याएकामध्ये पचास वर्षम्मका एक जना प्रसिद्ध व्यक्तित्वलाई हरेक वर्ष ससम्मान प्रदान गरिनेछ ।

००००००००००००००
१ देखि ६ नम्बरसम्मका पुरस्कारहरू हरेक सालको वैशाख, ७ देखि १४ नम्बरसम्मका पुरस्कारहरू हरेक सालको कात्तिक र १५ देखि २० नम्बरसम्मका पुरस्कारहरू हरेक सालको माघ महिनामा समर्पण गरिने छन् ।