![]() |
![]() |
हाम्रोबारेनेपाली साहित्यका विभूति
केही कृतिका पूर्णपाठ
सूचना र समाचार
English Section
उपयोगी लिङ्ककथा, कविता र निबन्ध |
देशविदेशका नौ जनालाई पुरस्कारकाठमाडौं, २०६७ बैशाख १७ गते : अप्रिल ३०, २०१०
नइ प्रकाशनका मानार्थ सदस्य तथा पुरस्कार संस्थापक श्री खनूप्रुदे 'रामबाबू'ले राजधानी काठमाडौंमा आज एक समारोह माझ नेपाल राष्ट्र र अन्तर्राष्टि्रय क्षेत्रका नौ जना महानुभावहरूलाई ०६७ सालको विभिन्न पुरस्कार प्रदान गर्नु भयो । खनूप्रुदे 'रामबाबू'ले तीन लाख रूपियाँ राशिको नइ देरुख अन्तर्राष्टि्रय पुरस्कार पाकिस्तानकी प्रा. डा. ताहिरा निगत नैयरलाई प्रदान गर्नु भएको छ । उहाँलाई सो पुरस्कार साहित्य र शिक्षासेवामा समर्पित भएबापत प्रदान गरिएको हो । यसै गरी दुई लाख रुपियाँ राशिको नइ देरुनीख अन्तर्राष्टि्रय पुरस्कार भारतका श्री इन्द्रबहादुर राईलाई प्रदान गरिएको छ । । नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्टि्रय विस्तारमा महत्वपूर्ण योगदान पुर्याएबापत उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो ।
त्यसै गरी इतिहासकार चित्तरञ्जन नेपाली र प्रा.डा.उषा ठाकुरलाई जनही पचास हजार रूपियाँ राशिको नइ खरा प्रदीप्ति पुरस्कार प्रदान गरिएको छ । नेपालीलाई नेपाली भाषाको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिंदै नेपालको इतिहासलेखनको आधिकारिकता कायम गरेर गौरवमय गाथालार्इ लिपिबद्ध गरी संरंक्षण र संवर्द्धन गरेबापत र प्रा.डा.ठाकुरलाइ शिक्षासेवा तथा नेपाली भाषासाहित्यको साधनामा समर्पित रहँदै समालोचना, निबन्ध, कविता आदि विधामा योगदानका निम्ति सो पुरस्कार प्रदान गरिएको हो । समाजसेवाको क्षेत्रमा मन,वचन र कर्मले समर्पित हुँदै नारी जागरणका क्षेत्रमा उल्लेखनीय र महिमाशाली योगदान पुर्याउनुहुने श्रीमती लीली थापालाई पच्चीस हजार रुपियाँ राशिको नइ खरा गौरव पुरस्कार प्रदान गरिएको छ । यसै गरी जनही पन्ध्र हजार रुपिया राशिको नइ खरा पौरख पुरस्कार डा. होसिम प्रसाई थापा र कुशल केसीलाई प्रदान गरिएको छ । शैक्षिक यात्राका क्रममा कक्षा एकदेखि एम.बी.बी.एस.सम्म प्रथम हुनाका साथै भाग लिएका जुनसुकै अतिरिक्त कि्रयाकलापमा समेत सधैं उत्कष्ट स्थान प्राप्त गर्नहुने अव्दितीय प्रतिभा डा. होसिम प्रसाई थापा र किशोरभावना, जोस र शक्तिलाई वैज्ञानिकीकरणमा केन्दि्त गर्दै सोलार मोटरको निर्माण गरेर देशदेशान्तरमा नेपालको इज्जत बढाउनुहुने कुशल के. सी.लाई सो पुरस्कार प्रदान गरिएको हो । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको सभापतित्व र काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यमा सञ्चालित सो समारोहलाई पाकिस्तानका राजदूत सयाद अब्रर हुसेनले सम्बोधन गर्नु भएको थियो । समारोहमा माओवादी नेता तथा सम्विधान सभासद (माननीय)नन्दकुमार प्रसाई, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँला, उपकुलपति गङ्गाप्रसाद उप्रेती, सत्यमोहन जोशी, वेलायतमा मोतीराम भट्ट मानिने सुरेशजङ शाह, महाराजगन्ज मेडिकल कलेजका प्रमुख तथा नइ प्रकाशनका उपाध्यक्ष प्रा.डा.रामप्रसाद उप्रेती र सदस्यसचिव नरेन्द्रराज प्रसाईले मन्तव्य प्रकट गर्नु भएको थियो । |
नेपाली साहित्यका विभूतिनइ टेलिफोन कोशनइको चिनारीनारीचुलीनारीस्रष्टाका तस्वीर
खनूपरूदे रामबाबू![]() ![]() |
| © २०६३ (2007), सर्वाधिकार सुरक्षित नइ प्रकाशन, काठमाडौं, नेपाल naiprasai@gmail.com |