नइ प्रकाशन Nai Prakashan
»  अन्तर्राष्ट्रिय र राष्ट्रिय पुरस्कार   »  नइ देरुनीखपू पुरस्कार   »  देशविदेशका दस जनालाई नइ पुरस्कार   »  वाङमय, धर्म र सेवा पुरस्कार   

मोतीराम भट्ट

मोतीराम भट्ट नेपाली साहित्यको एउटा युग अर्थात् माध्यमिक कालका प्रवर्तक हुन् । उनी नेपाली साहित्यको माध्यमिक कालका मेरुदण्ड, निर्माता र पथपर्दशक थिए । यिनै मोतीराम भट्टको योगदानका विषयमा बालकृष्ण समले लेखेका छन्- मोतीराम देशको प्रत्येक क्षेत्रमा राष्ट्रियता चाहन्थे, त्यसै बाट देशोन्नति हुन्छ भन्ने उनको धारणा थियो । उनी स्वदेशी खानु, स्वदेशी लाउनु, स्वदेशी व्यवहार गर्नु , स्वदेशी बोल्नु तथा स्वदेशी हेर्नु पर्दछ भन्ने सपना देख्तथे । वास्तवमा उनी एउटा होनहार, ओजस्वी र तपस्वी व्यक्तित्व थिए । उनी नेपाली भाषा, नेपाली साहित्य र नेपाली कलाप्रति गर्व मान्थे । उनको लागि यो नेपाली माटो विश्वसाहित्य थियो। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा थिए । साँच्चै  उनी नेपालका एउटा कर्म वीर सपूत थिए । उनको मिहिनेत, जा“गर र आराधनाका कारणले उनले एउटा युग नै  स्थापित गरिदिए- मोतीराम युग । संवत् १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यको एउटा बेग्लै  युग कायम गर्ने पौरखी पुरुष नै मोतीराम भट्ट थिए ।

मोतीराम त्यस युगका बौद्धिक नायक थिए, साहित्यिक सङ्ठनात्मक नेता थिए र सांस्कृतिक योद्धा थिए । नेपाली वाङ्मयको उत्थानका लागि मोतीरामले खेलेको भूमिकाले उनी नेपाली भाषा, साहित्य र संस्कृतिका अक्षरअक्षर, शब्दशब्द र भाकाभाका रहेसम्म बाँचिरहनेछन् ।

मोतीराम भट्ट नेपाली साहित्याकाशमा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन् । यिनै  महान्  व्यक्तित्वले नेपाली भाषासाहित्यमा समालोचनाको श्रीगणेश गरे । भट्टले नै  संवत्  १९४८ मा कवि भानुभक्त आचार्यको जीवनचरित्रलाई  नेपाली साहित्यको मन्दिरमा सममर्पण गरेर पहिलो आधिकारिक समालोचकमा आफ्नो नाउँ लेखाए । कवि भानुभक्त आचार्य को जीवनचरित्रमा मोतीराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसाको थाक पनि लगाएका छन् । उनले भानुभक्तलाई स्थापित गर्न  धेरै जुक्ति ख्याएका थिए । भानुभक्तलाई महान्  कवि बनाउन उनले कैयौ फुटकर कविता रच्तै  भानुभक्तका नाउँमा पनि समाविष्ट गराएका थिए भनिन्छ । यस कुराको प्रमाण तानासर्माबाट पनि व्यक्त गरिएको छ- आफूले खोजेका कविलाई  प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने पार्नलाई नै उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै  फुटकर सिलोकहरू देखाएका थिए । ती फुटकर सिलोकहरूमध्ये धेरै जसो मोतीराम भट्ट आफैँले रचेका थिए ।’’ उदाहरणका लागि घाँसीसम्बन्धी दुई सिलोकहरूमध्ये पहिलोलाई  लिन सकिन्छ :

भर्  जन्म घाँसतिर मन दिइ धन्  कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै  कन आज यस्तो ।

यस सिलोकको चौ थो हरफमा प्रयुक्त मो शब्दबाट यसको रचना मोतीराम आफैँले गरेका थिए भन्न सकिन्छ । किनभने भानुभक्तले कतै  पनि म लाई  मो लेखेका छैनन्  तर मोतीरामले भने ’म’को साटो जताततै मो लेखेका छन् । जनजीवनमा साहित्यिक र भाषिक भावनाबाट जागरण ल्याउनका लागि मोतीरामले भानुभक्तलाई घुँडा टेकेर उठाएको हुनुपर्छ । वास्तवमा नेपाली साहित्यलाई  रातोरात उन्नतिको शिखरमा पुर्याउन मोतीराम भट्टले भानुभक्त आचार्य जस्ता एउटा साधारण व्यक्तिको यथेष्ट कदर गरेका थिए । उनले आफ्नो चरित्र नायकलाई  उठाउन भरमग्दुर गुणग्राहिता दर्शाएका थिए ।

मोतीराम भट्टले भानुभक्त आचार्य का विषयमा लेखेका प्रायः सबै. बेहोरालाई  नै  नेपाली साहित्यको इतिहासले आधिकारिक रूपमा ग्रहण गरेको. छ । उनले भानुभक्तलाई  सपनामा पनि जप्ने गर्थे  र विपनामा पनि जप्ने गर्थे । मानौ “ भानुभक्त आचार्य नै  मोतीराम भट्टका मणि थिए । त्यस बेला मोतीरामले भानुभक्तलाई  उचाल्न उनका विषयमा चलाएको कलमको सानो नमुना कवि भानुभक्त आचार्य को जीवन-चरित्र’को भूमिकामा भनिएको यस कथनले स्पष्ट पार्छ :

कदाचित् "कवि भानुभक्त" को कविता हेरेर तपाञीहरुको इच्छा जीवन-चरित्र पनी हेर्न को भयो होला, तस्  अर्थ  कविको जीवन वृत्तान्त हालमा लेखी छपायाको छू सो हेरी निज कविका समग्र वृत्तान्त जानी मेरा उपर करुणा रही प्रसन्न हुनुभयो भने भला मेरो परिश्रम पनी सु˚ल होला । यथाशक्य कविका निर्मि त श्लोक बयान समेत राखी यो जीवन चरित्र लेखेको छू । कवि भानुभक्त आचार्य का भतीजा रामदत्तकन मो अनेकानेक धन्न्यवाद दिन् छू जस् ले मलाई  निज कविका अनेक हाल यथार्थ. भन्नुभयो जस् का कृपाले यो पुस्तक् को जन्म भयो ।

मोतीराम भट्ट जोस“गै  पनि खुलस्त हुन्थे । उनी साथीभाइ भनेपछि पनि मरिमेट्थे । दरबार हाई स्कूलमा उनका सहपाठी चन्द्रशमशेर ज.ब.रा. तथा देवशमशेर ज.ब.रा. थिए । देशको विकासका लागि मोतीराम भट्ट चिन्तित थिए । त्यस बेला मोतीराम भट्टको देशप्रतिको चाहनालाई भावी प्रधानमन्त्री देवशमशेर ज.ब.रा.ले राम्ररी हृदयङम गरेका थिए । देवशमशेर ज.ब.रा.ले पनि मोतीराम भट्टलाई मन पराउने गर्थे । त्यसबेला देवशमशेरको सुधारवादी दृष्टिकोणमा मोतीरामको प्रशस्तै  भूमिका थियो । एकातिर देवशमशेर प्रधानमन्त्री हुनु र अर्का तिर त्यसै बेला मोतीरामको निधन हुनाले देवशमशेरले चाहिने जति सुधारमा मोतीराम भट्टको सहयोग पाउन सकेनन्  ।

दरबार हाई स्कूलमा अध्ययन गर्दा  नै  मोतीराम भट्ट नामी भइसकेका थिए । यी पढाइमा पनि तेजिला थिए । यिनले दरबार हाई स्कूलको दशम कक्षामा अध्ययन गरिरहेको बेला अर्थात् १९४८ सालमा बेलायतबाट नेपाल-भ्रमणमा आएका लर्ड राबर्ट प्रधानमन्त्री चन्द्रशमशेरसँग दरबार हाइस्कूलको निरीक्षणमा गएका थिए । त्यस बेला स्कूलको प्रथम विद्यार्थी मोतीराम भट्ट भनेर चन्द्रशमशेरले परिचय गराउनासाथ ती पाहुनाले उभिरहेका मोतीरामलाई आफ्नै  हातबाट मेच दिएर बस भने । त्यसपछि चन्द्रशमशेरले पनि बस भनेपछि मात्र मोतीराम भट्ट त्यस मेचमा बसेका थिए । त्यसै  बेला ती बेलाइतीले पुरस्कारस्वरूप भट्टलाई  पन्ध्रवटा ग्रन्थ उपहार दिएका थिए । उनी ठाउँ हेरी सबैमा आवश्यकताबमोजिम केन्द्रित हुने गर्थे । त्यसताका साहित्यकारहरूलाई  एउटै  चौतारामा उभ्याएर सङ्गठन गर्न  पनि उनी सिपालु थिए । प्रथम जीवनी लेखक, समालोचक, अन्वेषक, पत्रकार, मुद्रणालयका संस्थापक, स•ठनकर्ता, पुस्तकालय स्थापक पनि मोतीराम भट्ट नै  थिए । उनी कवि, गजलकार र गीतकार पनि थिए । साथै  उनी मीठो स्वर भएका गायक पनि थिए । समस्यापूर्ति को धारामा अभ्यास गराउने खुबी पनि यिनै को थियो । त्यतिमात्र होइन उनी एउटा मौ लिक नाटककार तथा नाटक निर्दे शक पनि थिए ।

नेपाली साहित्यका ऐतिहासिक महापुरुष मोतीराम भट्टको जन्म १९२३ साल कुशेऔसीका दिन भदौ  २५ गते,शनिबार काठमाडौँको भोसिको टोलमा भएको थियो । मोतीराम भट्टको वंशचाहिँ कुमाउगढबाट आएको थियो । मोतीराम भट्ट पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवी भट्टका माइला सुपुत्रका रूपमा जन्मेका थिए । भट्टदम्पतिका प्रथम पुत्रचाहि जन्मनासाथ दिवङ्त भएका थिए । मोतीराम भट्टलाई  दीर्धवीजी राख्न उनका मातापिताले यिनका नाकको दाहिने पोरा छेडिदिएका थिए । नाक छेडेपछि यिनलाई  उनका साथीहरूले केटी भनेर गिज्याउँथे भन्ने कुरा पं. नरदेव पाण्डे व्यक्त्याउँ छन् ।

मोतीराम भट्टले ५ वर्षको उमेरमा अक्षरारम्भ गरेका थिए । ६ वर्ष भएपछि यी काशी पुगेका थिए । किनभने त्यसबेला यिनका पिता पं. दयाराम भट्ट र आमा रिपुमर्दिनीदेवी विशेष कामले काशी बसेका थिए । त्यसपछि मोतीराम भट्टको शिक्षाको प्रारम्भिक जग काशीमा नै  बस्न थाल्यो । त्यहाँ यी फारसी स्कूलमा भर्ना  भए र त्यहीँ बस्ताबस्तै  यिनले फारसी र उर्दू  पढ्न थाले । काशीमा यिनले भारतेन्दु हरिश्चन्द्रसँग आन्द्रा जोडेका थिए । भारतेन्दु पनि मोतीरामझैँ पोख्त, होनहार र परिश्रमी थिए । भारतेन्दुसँग गहकिलो सङगत गर्दै उनले नेपाली साहित्यको सेवा गरे र यी पढाइमा पनि समर्पि त भइरहे । हुँदाहुँदै मोतीराम पछि फारसी, उर्दूका अतिरिक्त संस्कृत, हिन्दी, अङ् ग्रेजी भाषामा पनि दक्ष हुन थाले । बनारसमा यिनले हरिश्चन्द्र स्कूलमा अङ्ग्रेजी भाषासाहित्यको अध्ययन गरेका थिए । पढ्दापढ्दै  आठ वर्षको उमेरमा बनारसमा नै  यिनको व्रतबन्ध गरियो ।

बनारस बसेका बेला मोतीराम भट्टले राम्राराम्रा गजल गाएका थिए । त्यसै बेला यिनले सितारवादन पनि जानेका थिए । मीठो स्वरलहरीले यिनी मधुर गीत गुन्गुनाइरहन्थे । बनारसका प्रसिद्ध सितारवादक पन्नालालबाट यिनले सितार बजाउन र गीत गाउन सिकेका थिए । करिब आठ वर्ष बनारस बसेर यी १९३७ सालमा पुनः काठमाडौँ भित्रिए । त्यसै  साल यिनले १५ वर्षको उमेरमा बिहे गरे । विवाहपछि यी केही दिन काठमाडौमा नै बसे । त्यसबेलासम्म उनी नेपाली भाषामा लेखिएका मीठामीठा गीत, कविता, भजन र गजल सुन्नबाट वञ्चित थिए । बनारसमा बस्ता यिनले चार सयजति शायरीहरू लेखिसकेका थिए । तर त्यस बेलासम्म यिनले नेपाली गीत, कविता र गजल कोरेकै  थिएनन् । त्यसै  बखत यिनले नरनारीका युगलरदोहरीरजुहारी गीत सुन्न पाए । वास्तवमा त्यस बेला सुनेको रसिया गीतले यी मोहित पनि भए । त्यसपछि उनले यस्ता मीठा गीतहरूलाई  हृदयमा रोप्न थाले, मस्तिष्कमा खेलाउन थाले र स्वरद्वारा प्रस्तुत गर्न थाले । अनि केही दिनपछि उनका छिमेकी खड्गदत्त पाण्डेको बिहेमा उनी पनि जन्ती गए । त्यहाँ पनि भट्टले रातभरि श्लोकमा जुहारी खेलेको सुने अनि नेपाली भाषामा पनि यति मीठा कविता लेखिँदा रहेछन्  भन्ने कुराको उनीमा झन्  सारो ज्ञान पलायो । ती सबै जुहारी सिलोकहरू भानुभक्तले लेखेका हुन् भन्ने चाल पाएपछि उनी एक्कासि भानुभक्त आचार्यका गुनगानमा लाग्न थाले । त्यसपछि उनी भानुभक्त आचार्यका कृतिहरू खोजीखोजी प्रकाशन गर्ने  काममा जुट् न लागे । वास्तवमा भानुभक्त आचार्यका कविताले मोतीराम भट्टलाई  प्रेरित गरी साँच्चैको मोतीराम बनाइदिए । यसपछि केही महिना काठमाडौमा बसेर आफ्नी पत्नीसहित उनी संवत् १९३८ को पुसमा काशी गए । काशी पुगेर यिनले भारतजीवन भन्ने हिन्दी पत्रिकाको नेपाली संस्करण गराए र यसको प्रकाशकीय र सम्पादकीय लेखे । त्यसै ताका यी त्यहाँ भारतजीवन छापाखानासँग सम्बन्धित पनि बने । त्यही छापाखानाबाट यिनले नेपाली भाषाका पुस्तकहरू भटाभट छापे । त्यसै  बेला यिनले बनारसमा केही साथीहरूको सक्रियतामा एउटा मित्रमण्डलीको गठन गरे । त्यहीँ यिनले समस्यापूर्तिका कवितालगायत अन्य फुटकर कविता र गजल-लेखनको अभियान पनि चलाउन थाले । बनारसमा यस कार्य क्रममा उनलाई  सघाउने व्यक्तिहरू पद्मविलास पन्त, काशीनाथ, र•नाथ, तेजसिंह र तेजबहादुर राना थिए ।

काशीमा बसेकै  बेला मोतीराम भट्टले भानुभक्त आचार्यको बालकाण्ड रामायण र पछि सम्पूर्ण  रामायण पनि प्रकाशित गराए । त्यसै बेला उनले अन्य थुप्रै नेपाली भाषाका पुस्तकहरू प्रकाशित गराएका थिए । त्यसै ताका यिनले साथीभाइहरूलाई  भेला पारी समस्यापूर्ति कविता लेख्ने जागरण ल्याएका थिए । बनारसमा नेपाली भाषासाहित्यका थुप्रै  कृतिहरूको प्रकाशन गरी भट्ट संवत्  १९४४ फागुनमा फेरि काठमाडौ आए । राजगुरु लोकराज पण्डितबाट झिकाइएर उनी काठमाडौ आएका थिए । त्यसपछि मोतीराम भट्टले आफ्ना मामा नरदेव पाण्डे र कृष्णदेव पाण्डेको सहयोग लिएर १९४५ सालमा काठमाडौको ठहिटीमा मोतीकृष्ण कम्पनी खोलेका हुन् । त्यसै  बेला उनले पुस्तकालय पनि खोलेका थिए ।

मोतीराम भट्टले नेपाली भाषासाहित्यलाई  तीव्रगतिमा उन्नति गराउन कम्मरमा पटुका कसेका थिए । त्यसै ले उनले काठमाडौमा आफ्ना मामा नरदेव पाण्डे तथा लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, भोजराज पाण्डे आदिस“ग मिलेर मित्रमण्डली’ गठन गरे । त्यही मञ्चबाट श्रृङाररसमा समस्यापूर्ति  कविताहरुको निर्माण, परिचालन र कार्या न्वयन हुन थाल्यो । त्यस बेला यिनीहरू सबैलाई  मोतीराम भट्टले समस्यापूर्ति  कविताको शीर्षक दिएका थिए- ल्यौ  ल्यौ  औँठी म दिन्छु राख तिमीले मेरो निशाना भनी । वास्तवमा त्यही शीर्षकबाट मोतीरामलगायत यिनीहरूले औ पचारिक रूपमा पहिलोपल्ट समस्यापूर्ति  कविता रचना गरेका थिए । मोतीराम भट्टलाई  यी समस्यापूर्ति  कवितालाई  सङ्ग्रह गरेर समस्याशतक भन्ने ग्रन्थनिर्माण गर्ने धोको थियो । तर उनले निर्माण गर्न  थालेको समस्याशतक भन्ने ग्रन्थका लागि पाँच जना कविहरू मिलेर लेख्ता जम्मा चौबीस श्लोक मात्र तयार भए सङ्ग्रह भने निस्कन सकेन । समस्यापूर्ति  कविताहरूको अभ्यासमा भट्टलाई  महत्त्वपूर्ण रूपमा सघाउने अन्य स्रष्टाहरू थिए- राजीवलोचन जोशी, डोलेश्वर, कालीप्रसाद, देवराज । यसै  क्रममा यिनले दरबार हाई स्कूलमा अध्ययन गरी १९४८ सालमा कलकत्ताबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे । १९५० सालमा यी कलकत्तामा एए.आईए परीक्षामा सम्मिलित भए । त्यस परीक्षामा उनी अनुत्तीर्ण भए । यसपछि केही खिन्न भावना बोकेर उनी १९५२ सालमा पुनः कलकत्ता गए । त्यसबखत उनी त्यहीँ थला परे । केही समयपछि उनी अशक्त शरीर लिएर काठमाडौ आए । सात महिना ओछयानमा थला परेर कुशे औसीमा एकतीस वर्ष लागेकै  दिन उनी १९५३ सालमा काठमाडौ पशुपति आर्य घाटमा स्वर्गी य भए ।

पं. दयाराम भट्ट र रिपुमर्दि नीदेवीका सन्तानका रूपमा मोतीराम र उनकी बहिनी मात्र जीवित थिए । आफ्नो छोरो मोतीराम आर्यघाटमा मरणासन्न अवस्थामा पुगेको क्षणले रिपुमर्दिनी भट्टलाई  त्यस घडी अत्यन्तै  विहवल बनाएको थियो । उनी त्यसबेला सुकसुकाउँदै  आफ्नी विधवा छोरीका साथमा आफ्नो छोराको अन्तिम जीवन हेरेर बसिरहेकी थिइन् । अनि त्यसै बेला मोतीराम भट्टले आफ्नी आमा र बहिनीसमक्ष भनेको कुरा पं.नरदेव पाण्डेले लेखेका छन्- अब मेरो बाह्र घण्टादेखि बर्ता  यस कलेवरमा वास छैन । हजुरले पैदा गरिबक्सिएको यस शरीरबाट केही पुरुषार्थ  गरी हजूरलाई  देखाउँला भन्ने इच्छा थियो, सो मनको लड्डु मनै मा मात्र रह्यो । मेरा सन्तान भएनन्  भन्ने हजूरलाई ठूलो अपशोच थियो । यसमा पनि गजेन्द्रमोक्ष, प्रह्लादभक्ति’ आदि मदेखि पैदा भएका जति ग्रन्थ छन्, तिनै  मेरा अमर सन्तान हुन्  भनी सम्झिबक्सेला ।

मोतीराम भट्ट स्वर्गी य हुँदा उनका बुबा दयाराम भट्ट बनारसमा नै  थिए । त्यस बेला रिपुमर्दि नी भट्टका मनमा अब आफ्नो भट्टकुलमा कसै को पनि पुत्ररसन्तान नहुनाले वंशोच्छेद नै  हुन लाग्यो भन्ने भावनाको जागरण भयो । परिणामस्वरूप उनले नै  आफ्ना पति दयाराम भट्टलाई  आफ्नो पुत्र गुमेको २ वर्षपछि अर्थात्  संवत्  १९५५ मा काशीबाट काठमाडौ झिकाइन् । त्यसै  वर्ष ५५ वर्षीय रिपुमर्दि नीले आफै बन्दोबस्त गरी ५७ वर्षीय दयाराम भट्टको विवाह गरिदिइन् । भरखरकी कल्कलाउँदी कन्या दयाकुमारीसँग दयाराम भट्टको बिहे भएपछि भट्ट छोरा पाउने सपनामा नै  केन्द्रित हुन थाले । बिहे गरेपछि दयाराम भट्ट आफ्नी कान्छी श्रीमतीसहित काशी नै  पुगे । यी दम्पतिले संवत्  १९५९ को मार्ग कृष्ण सप्तमीमा छोरा जन्माए, जसको नाउँ राखियो- रामेश्वर भट्ट । छोरो जन्मेको ६ महिनापछि दयाराम भट्ट र्स्वर्ग गए । दयाकुमारी भट्ट र रामेश्वर भट्ट रिपुमर्दि नीको सुयोग्य, ममतामय र करुणामय संरक्षणमा रहे । केही समयपछि दयाकुमारी भट्ट पनि स्वर्गी य भइन् । त्यसपछि रिपुमर्दि नी भट्टका साथमा एउटी छोरी र एउटा छोरा मात्र रहे ।

मोतीराम भट्ट विशेषतः श्रृङारवादी साहित्यकार थिए । उनी जोसँग पनि भुतुक्कै  हुन्थे । अति मिलनसार भएकाले उनीसँग पनि धेरै ले घनिष्टता जोडेका थिए अनि यी केटीहरू भनेपछि मरिमेट्थे । भनिन्छ यिनले थुप्रैसँग  प्रीति गाँसे । यिनमा केटीहरूसँगको घनिष्टता औधि थियो । वास्तवमा मोतीराम भट्टले लेखेका अधिकांश गजलहरू पनि श्रृ•ङाररसले भरिएका नै  पाइन्छन् । यिनले सुन्दरीसँग बोल्न पाए भने मीठामीठा कविता लेख्न थाली नै  हाल्थे । यिनका श्रृङाररसका धेरै कविताहरू केटीहरूसँगकै  भेटघाटका अवसरमा तयार भएका मानिन्छन् :

यि सानै  उमेर् देखि मन्  हर्न  लागे
यिनै  सुन्दरीले जुलुम्  गर्न  लागे ।।

मोतीराम भट्टले नेपाली साहित्याकाशमा सक्रिय भई  जम्मा पन्ध्र वर्षजति सेवा गरे । त्यस अवधिमा उनले झन्डै  पच्चीसवटाजति साहित्यिक कृति लेखे, सम्पादन गरे । यिनले अरू लेखकका पनि कृति प्रकाशित गराए । यिनले लेखेका कृतिहरू हुन्  :(१) मनोद् वेगप्रवाह (कवितासङ् ग्रह : १९४२ तिर), (२) प्रह्लाद भक्तिकथा (काव्य : १९४३ तिर), (३) गजेन्द्रमोक्ष (काव्य : १९४४ तिर),(४) पञ्चकप्रपञ्च (काव्य : १९४४), (५) शकुनौ ती (शकुनविचार : १९४४ तिर), (६) स्वप्नाध्याय (स्वप्नविचार : १९४४ तिर), (७) गफाष्टक (केही अष्टक : १९४४ तिर), (८) शकुन्तला (नाटक :१९४४ तिर), (९) सङ्गीत चन्द्रोदय (केही गजल : १९४४ तिर), (१०) उषाचरित्र (काव्य : १९४४ तिर), (११) अनुप्रासमञ्जरी (१९४४ तिर), (१२) चाणक्यनीति (१९४५ तिर), (१३) पद्मावती (नाटक अपूर्ण  : १९४५ तिर), (१४) पिकदूत (काव्य : १९४५ तिर), (१५) काशीराज चन्द्रसेन (१९४५ तिर), (१६) गुलसनोवर (आख्यान : १९४६ तिर), (१७) उखानको बखान, (१८) कालभ्रमरसंवाद -काव्य), (१९) हुस्न अ¢ªरोज आराम दिल (उर्दू  नाटक), (२०) बालाजीवर्णन (कविता), (२१) भानुभक्तको जीवन-चरित्र (जीवनी तथा समालोचना १९४८), (२२) प्रियदर्शि कानाटक : १९४९ तिर), (२३) तीजको कथा, (२४) केही फुटकर वाणिर्क छन्दका कविता र गजलहरू । यिनले सम्पादन गरेका कृतिहरु यी हुन्- रामायण बालकाण्ड (वि.सं. १९४१) सम्पूर्ण  रामायण (वि.सं. १९४४) ।

मोतीराम भट्टले युवाअवस्थामा आफ्नो सारा भावना, जाँगर र सक्रियता अर्पे र नेपाली साहित्यको विकासमा अतुलनीय, अविस्मरणीय र अकल्पनीय सृजनात्मक र स•ठनात्मक साहित्यिक कार्य हरू गरेका थिए । उनले गरेका समस्त कार्य हरूको मूल्याङ्न गर्दा  उनको व्यक्तित्वलाई  निम्नलिखित पाँचवटा पाटामा वर्गीकरण गर्न  सकिन्छ :

(१) जीवनीकार, समालोचक तथा अन्वेषक
(२) कवि, गजलकार तथा गायक
(३) समस्यापूर्ति कार तथा सङ्गठनकर्ता
(४) नाटककार तथा निर्देशक
(५) सम्पादक, छापाखाना र पत्रिकाका प्रबन्धक तथा पुस्तकालयका निर्माता ।


(१) जीवनीकार, समालोचक तथा अन्वेषक
नेपाली साहित्यजगत् मा पहिलो जीवनीलेखक मोतीराम भट्ट हुन् । १९४८ सालमा भट्टले भानुभक्त आचार्य को जीवनीको पुस्तक लेखेका थिए ।
नेपाली साहित्यका आदि समालोचक नै मोतीराम भट्ट थिए । यिनले र्सवप्रथम भानुभक्तको रचनाको समालोचना गरी नेपाली साहित्यमा समालोचनाको आरम्भ गरेका थिए । भानुभक्तको जीवन-चरित्रमा खालि भानुभक्त आचार्य को जीवनीमात्र प्रस्तुत नगरी आचार्य का कवित्वशक्तिको मोतीरामले समालोचना गरेका छन् । त्यसै  कृतिमा मोतीरामले भानुभक्तलाई  आदरस्वरूप  आदिकविको नामाङ्कन गरेका छन् । तर भानुभक्तभन्दा अघि पनि नेपाली भाषामा कविता लेख्ने कविहरू भएको हुँदा भानुभक्तलाई  जातीय कवि भने न्याय होला । हुन त यसबारेमा मोतीराम भट्टले लेखेका पनि छन्- गोर्खाभाषामा हुन त धेरै  नामका कवि भानुभक्तभन्दा पहिले भये तर कविताको मर्म  जानी भाषापद्य लेखने कविहरूमा आदिकवि भानुभक्त नै  हुन् ।

मोतीराम भट्ट नेपाली साहित्यका प्रथम अन्वेषक पनि हुन् । उनले नै  भानुभक्तको बालकाण्ड रामायण फेला पारे । १७ वर्षको उमेर पार गरिसकेपछि उनी प्रायः भानुभक्तीय निष्ठामा एकोहोरो भएर लागे । त्यसै  बेलादेखि उनले भानुभक्तसम्बन्धी जीवनी लेखे, पाण्डुलिपि खोजे । मोतीरामले नै  भानुभक्तका वधूशिक्षा,भक्तमाला’,प्रश्नोत्तर’ र रामगीतालाई प्रकाशनमा ल्याएका थिए । यिनले भानुभक्तको अत्यन्तै  गहिरिएर खोजिनीति गरे । भानुभक्तका अतिरिक्त यिनले बिहारीलाल, छविलाल, पतञ्जलि आदि व्यक्तिहरू पनि कवि भएको सूचना जनसमक्ष पुर्याएका थिए ।

साहित्य-सृजनामा यी आफ्ना दौँतरीहरूलाई नै अगि सारिरहन्थे । आफ्ना पूर्वज, समकालीन र पछाडिका मान्छेको उनी खुवै  प्रशंसा गर्थे । यिनले भानुभक्तलाई  कहीँ आदिकवि भनेका छन्, कहीँ कविकुलमुकुट भनेका छन्  भने कहीँ चाहिँ चक्रचूडामणि पनि भनेका छन् । त्यसैगरी यिनले राजीवलोचन जोशीलाई  कविशिरोमणि र पद्मविलास पन्तलाई  कवि भनेर सम्बोधन गरेका छन् । मोतीराम भट्टले आफूले मनले खाएको व्यक्तिको स्तुति गरेर कविता पनि लेखिदिन्थे । उनले भानुभक्त, राजीवलोचन र पद्मविलासको काव्यात्मक महिमा निकै  राम्ररी गाएका छन् ।

(२) कवि, गजलकार तथा गायक
मोतीराम भट्टले श्रृङ्गर, भक्ति तथा राष्ट्रियताका विषयमा थुप्रै कविताहरू लेखे श्रृङ्गारिक कविताका चाहिँ उनी निर्मा ता नै  बने । श्लोकसङ्ग्रह र मनोद्वेगप्रवाहमा मोतीराम भट्टका थुप्रै श्रृङ्गारिक कविता रहेका छन् । पिकदूत’ भट्टको श्रृङ्गाररसको अर्को  काव्य हो ।
मोतीराम भट्टले नै  नेपाली भाषामा गजलको आविष्कार गरे । यिनले नेपाली भाषामा थुप्रै  गजल लेखेर लोकप्रिय बनाएका छन् । त्यस बेला यिनको गजललेखनबाट लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, नरदेव पाण्डे पनि आकर्षित भए र उनीहरूले पनि गजल लेख्न थाले । भट्टकै  प्रेरणाबाट शम्भुप्रसाद ढुङ्गेल, भीमनिधि तिवारी र मवीवि शाहले पनि नेपाली काव्यविधामा गजललाई  महत्त्वपूर्ण किसिमले प्राथमिकता दिए । भट्ट गजलकार मात्र नभएर गायक पनि थिए । त्यसबेला दरबारमा उर्दूका गीतगजल गाएको देखेर यिनले नेपाली गजलगीत लेखे र गाएर पनि प्रस्तुत गर्न  थाले । दरबारमा पनि क्रमशः मोतीराम भट्टले लेखेका गजल चल्न थाले :

यता हेर्यो यतै  मेरा नजर् मा राम प्यारा छन्
उता हेर्यो उतै  मेरा नजर् मा राम प्यारा छन् ।

(३) समस्यापूर्ति कार तथा सङ्गठनकर्ता
समस्यापूर्ति  कविता लेख्ने जाँगर चलेपछि अरूलाई  पनि यस विषयमा केन्द्रित गर्न  उनले काठमाडौ  तथा बनारस दुवै  ठाउँमा मित्रमण्डलीको स्थापना गरे । संस्कृत वाङ्मयको पुरानो चलनलाई  नेपाली भाषामा कायम गराउन उनी खुबै  जुटे र समस्यापूर्तिको कविता सर्वप्रथम भट्टले नै  आफै लेखे । बनारसमा बसेको बेला यिनले आफ्ना हितैषी साथीहरू तेजबहादुर, काशीनाथ, रङ्गनाथ, चेत सिंह र पद्मविलासलाई  पनि समस्यापूर्तिका कविता लेख्न निपुर्ण बनाए । यिनले काठमाडौमा राजीवलोचन जोशी, भोजराज पाण्डे, डोलेश्वर, लक्ष्मीदत्त पन्त, नरदेव पाण्डे, कालीप्रसाद, देवराज र गोपीनाथ लोहनी आदिलाई  पनि सङ्गठनात्मक रूपमा समस्यापूर्तिको कविता लेख्न वातावरण जुटाए । वास्तवमा उनीहरू पनि क्रमशः क्रमशः समस्यापूर्ति ’ कविता लेख्न निपुण भएका थिए ।

(४) नाटककार तथा निर्देशक
मोतीराम भट्टले नेपाली भाषामा शकुन्तला’, प्रियदर्शिका र पद्मावती’ गरी तीनवटा नाटक लेखेका थिए । हुन त यिनले उर्दू मा पनि नाटक लेखेका थिए । शकुन्तला नाटक यिनले आफ्ना साथी देवशमशेर ज.ब.रा.को. अनुरोधमा लेखन र निर्देशन गरेका थिए । यिनले निर्देशन गरेको यो नाटक प्रधानमन्त्री वीरशमशेर ज.ब.रा.ले पनि हेरे । यो नाटक दरबारबाट पुनः बाहिर निस्केन । भनिन्छ देवशमशेरबाट नै  यस नाटकलाई  दबाइएको हुन सक्छ । जे होस् , मोतीराम भट्ट नाटकलेखनमा जति कुशल थिए निर्दे शनकलामा पनि त्यति नै  पोख्त थिए ।

(५) सम्पादक, छापाखाना र पत्रिकाका प्रबन्धक तथा पुस्तकालयका निर्माता
मोतीराम भट्टले प्रायः भानुभक्त आचार्य का कृतिहरूको मात्र सम्पादन गरेको पाइन्छ । भानुभक्तको बालकाण्ड रामायण यिनै को सक्रियता, सौजन्य र भूमिगत सम्पादनमा प्रकाशित भएको थियो । भानुभक्तकृत भाषा रामायणको यिनै ले सम्पादन गरेका थिए । त्यसैगरी मोतीरामले भानुभक्तका भक्तमाला, रामगीता, प्रश्नोत्तरा र वधूशिक्षाको पनि सम्पादन गरेका थिए ।

मोतीराम भट्टले नै  पहिलो नेपाली मासिक पत्रिकाको प्रकाशनको प्रबन्ध गरे । यिनले निकालेको पत्रिकाको नाउँ थियो- गोरखा भारतजीवन र यो पत्रिका बनारसबाट प्रकाशित भएको थियो । यिनले बनारसका आफ्ना हितैषी मित्र रामकृष्ण बर्माको सहयोग लिएर भारतजीवननामक छापाखाना स्थापना गराए । त्यस छापाखानालाई  यिनैले जिम्मा लिई  यिनी आफू त्यसको प्रबन्धकका रूपमा बसे । भट्टले त्यही छापाखानाबाट भानुभक्तका कृतिहरू पनि छपाए । भट्टले यस छापाखानाबाट यसका स्वामी रामकृष्ण बर्मा लाई  पनि निक्कै  आर्थि क लाभ पुर्याएका थिए ।

मोतीरामले नेपालमा आफ्ना मामा कृष्णदेव पाण्डे र आफ्ना अभिन्न मित्र धीरेन्द्रसँग मिली ठहिटीमा पाशुपत छापाखानाको स्थापना गरे । १९५० सालमा खोलिएको यो छापाखाना त्यति बेलाको नेपालको प्रसिद्ध छापाखाना मानिएको छ । पाशुपत छापाखानाको स्थापनापश्चात्  त्यहाँबाट नेपाली भाषासाहित्यका थुप्रै पुस्तक र पत्रिकाहरू छापिन थाले । आफ्ना मामा कृष्णदेव पाण्डेसँग मिलेर आफ्नो नाउँसमेत जोडी काठमाडौको ठहिटीमा यिनले एउटा पुस्तकालयको स्थापना गरे- मोतीकृष्ण कम्पनी । यिनले त्यस पुस्तकालयमा नेपाली भाषाका यथेष्ट पुस्तकहरू जोड्न थाले । मोतीकृष्ण कम्पनीबाट पुस्तकहरू पनि बेचिने कार्य  हुन्थ्यो । उनले नेपाली भाषाको पहिलो पुस्तकालयको निर्माण गरेर नेपाली भाषासाहित्यको सेवा गरेका थिए ।

मोतीराम भट्ट नेपाली साहित्यप्रदेशका एउटा अलौ किक व्यक्तित्व थिए । उनी नेपाली भाषासाहित्यको सृजना, स•ठनका प्रेरक, श्रद्धेय र आधिकारिक पुरुष थिए । पढ्दै , पुस्तक लेख्तै, सम्पादन गर्दै, पत्रिका चलाउँदै , पुस्तकालय खोल्दै , छापाखानाको स्थापना गर्दै, अरूलाई  लेख्न प्रेरणा दिँदै  यिनले नेपाली धर्ती लाई  बिर्सि नसक्नुको गुन लगाएका छन् । नेपालका लागि मरिमेट्ने उनी ठूला सपूत थिए । आफ्नो जीवनको अथक मिहिनेत, बौद्धिक कसरत र हिम्मतका कारणले उनी नेपाली माटोमा चिरस्मरणीय छन् । उनको योगदानका कारणले उनी यस देशका राष्ट्रिय विभूति बनेका छन् । उनका नाउँमा कैयौँ सङ्घसंस्था, बाटाघाटाको निर्माण भएका छन् । उनका नाउँमा हुलाक टिकट निकालिएको छ । उनै को नाउमा युवावर्ष मोती पुरस्कारसमेत स्थापना भएको छ जुन पुरस्कार नेपाली साहित्यका युवा पिँडीको सर्वोच्च पुरस्कारका रूपमा रहेको छ ।

बहुमुखी प्रतिभाका धनी मोतीराम भट्ट राष्ट्रभाषा नेपालीका पहिलो उत्थापक थिए । मोतीरामको सृजना, गोडमेल र जलमलका कारणले नेपाली भाषाले आजको स्थिति ओगटेको हो । उनको यो मुलुकप्रति अत्यन्तै  ठूलो सद्भावना थियो । उनी कट्टर राष्ट्रवादी थिए :

अचल्  झन्डा फर्कोस्  फरफर गरी कान्तिपुरिमा
रिपूको मन्  थर्कोस्  थरथर गरी छीन घरिमा
यवन्ले राज गर्दा  कति पतित हिन्दूस्थल भयो
फगत्  यो नेपाल् को मुलुक बचि कंचन्  रहिगयो।


प्रस्तुति
नरेन्द्रराज प्रसाई