नइ प्रकाशन Nai Prakashan
»  अन्तर्राष्ट्रिय र राष्ट्रिय पुरस्कार   »  नइ देरुनीखपू पुरस्कार   »  देशविदेशका दस जनालाई नइ पुरस्कार   »  वाङमय, धर्म र सेवा पुरस्कार   

वाङमय, धर्म र सेवा पुरस्कार

 
देशविदेशका ११ जनालाई पुरस्कार
काठमाडौं, २०६८ चैत १० गते
पूर्व प्रधानमन्त्रीद्वय कीर्तिनिधि विष्ट तथा माधवकुमार नेपालले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका एघार जना प्रतिभालाई २०६८ सालको नइ पुरस्कार प्रदान गर्नु भयो । यी पुरस्कार जनही बीस हजार रूपियाँ राशिका छन् । 

      
नइ चन्द्रधन पुरस्कार धर्मसंस्कृतिको सम्बर्धन, संरक्षण र जागरणमा समर्पित जगदगुरू बालसन्त मोहनशरण देवाचार्यलाई प्रदान गरिएको छ ।
      त्यसै गरी नेपालको राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन, विश्लेषण र जागरणका निम्ति गणेश रसिकलाई नइ कीर्तिनिधि पुरस्कार प्रदान गरियो ।
      राजनीतिमा समर्पित भएर पनि कथा, उपन्यास, निबन्ध तथा कविताको स्तरीय सृजना गर्दै देशदेशान्तरमा नेपाली भाषाको गरिमा वढाएवापत प्रदीप नेपाललाई नइ ईश्वरवल्लभ पुरस्कार प्रदान गरिएको छ ।
      साथै अनीता तुलाधरलाई आधुनिक कथालेखनमा समर्पित रही नेपाली भाषासाहित्यको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाहका निम्ति नइ रेखा पुरस्कार प्रदान गरियो ।
      नेपाली भाषासाहित्यको समालोचना तथा अन्वेषणमा महत्वपूर्ण योगदान गरेवापत डा.देवीप्रसाद सुवेदीलाई नइ ईश्वर बराल पुरस्कार प्रदान गरिएको छ ।
      केशव आचार्यलाई नेपाली भाषासाहित्यको सृजना र सङ्गठनमा समर्पित भई गरिमाशाली योगदान पुर्‍याएवापत नइ भाजप पुरस्कार प्रदान गरिएको छ ।
      गीतसङ्गीतमार्फत जनस्तरमा नेपाली भाषाको गरिमा बढाउनुका अतिरिक्त आधुनिक सङ्गीतको महिमा वृद्धि गराउनसमेतको योगदानका निम्ति भारत, दार्जिलिङका चन्दन लम्जेल र डेजी बराइलीलाई नइ कोइलीदेवी पुरस्कार संयुक्त रुपमा प्रदान गरियो ।
       यसै गरी मानव समुदायभित्र रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्गठन विस्तार र सेवामा राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएबापत तेस्रो लिङ्गी पिङ्की गुरूङलाई नइ रामलक्ष्मी पुरस्कार प्रदान भएको छ ।
त्यसैगरी विदेशमा रहेर पनि नेपाली भाषासाहित्यमा समर्पित भई कृति निर्माणमा समेत योगदान गर्ने वेलायतका स्रष्टाद्वय गोपीकृष्ण प्रसाईको 'रात ढलेको थिएन' कवितासङ्ग्रह र जया रईको 'बेकर स्टि्रटका दुईआँखा' कथासङ्ग्रहलाई नइ गणेशदुर्गा पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको छ ।
      समारोहमा पूर्व प्रधानमन्त्रीद्वय विष्ट तथा नेपालले राजेश्वर देवकोटाद्वारा लिखित माया'(निबन्धसङ्ग्रह), प्रमिला उप्रेतीद्वारा लिखित 'अकथा' (कथासङ्ग्रह), सरला घिमिरद्वारा लिखित 'डुब्दाडुब्दै' (कवितासङ्ग्रह) को सार्वजनिकीकरण गर्नुभयो ।
       नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न सो समारोहमा पूर्व प्रधानमन्त्रीद्वय कीर्तिनिधि विष्ट तथा माधवकुमार नेपाल, पुरस्कृत व्यक्तित्वहरु र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले मन्तव्य प्रकट गर्नु भएको थियो ।
       समारोहमा दार्जीलिङ भारतकी डेजी बराइलीले उहाँको प्रसिद्ध गीत 'भैसी लड्यो है माया' गाउनु भएको थियो । 

000000000000
नइ प्रकाशनको पुरस्कारबारेको सूची र पुरस्कृतहरुको जानकारी हेर्न हाम्रोबारे अन्तर्गत पुरस्कारहरु Awards 
र पुरस्कृतहरु Awardess थिच्नुहोस् ।
०००००००००००००००००००००००००००००००
     
______________________________________________

 तलको दृश्य गत वर्ष सम्पन्न भएको हो



देशविदेशका दस जनालाई पुरस्कार

काठमाडौं, नेपाल,--२०११
    नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्रष्ट्रिय क्षेत्रका दस जना महानुभावहरूलाई आज राजधानीमा २०६७ सालको नइ पुरस्कार प्रदान गर्‍यो । यी पुरस्कार ताम्रपत्रसहित जनही बीस हजार रूपियाँ राशिका छन् ।

      समारोहका प्रमुख अतिथि जगदीशशमशेर राणाले नेपाली समाजमा नइ प्रकाशनको योगदानको चर्चा गर्नु भयो । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न सो समारोहमा पुरस्कृतहरुका तर्फाट स्वामी कमलनयनाचार्य, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, नइ प्रकाशनका प्रमुख दाता खनूपरुदे 'रामबाबू' उपाध्यक्ष प्रा.डा. रामप्रसाद उप्रेती र सदस्यसचिव नरेन्द्रराज प्रसाईले मन्तव्य प्रकट गर्नुभएको थियो ।
समारोहमा नेपाली भाषासाहित्यमा नारीसृजित प्रथम, द्वितीय र तृतीय उपन्यास अम्बालिकादेवीकृत 'राजपुतरमणी', पवनकुमारीदेवीकृत 'प्रतिज्ञा', मायादेवी सुब्बाकृत 'पश्चात्ताप'को प्रमुख अतिथि राणाले सार्वजनिकीकरण गर्नु भयो । साथै ती उपन्यासका बारे नारीस्रष्टाबारेकी अन्वेषक श्रीमती लीला लुइँटेलले प्रकाश पार्नु भयो । 
      नइ प्रकाशनले २०६७ सालको नइ चन्द्रधन पुरस्कार अखण्डज्योति बाबा श्री मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यलाई धर्मसंस्कृतिको संवर्धन, संरक्षण र जागरणमा समर्पित भएवापत प्रदान गरेको हो । 
      यसै गरी नइ रामलक्ष्मी पुरस्कार मानव यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्गठन र सेवामा राष्ट्रिय र अन्तर्रष्ट्रिय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत तेस्रो लिङ्गी मनीषा ढकाललाई प्रदान गरिएको हो । 
      नेपालको राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तनका लागि प्रदान गरिने नइ कीर्तिनिधि पुरस्कार प्रा.डा. सुरेन्द्र के.सी.लाई प्रदान प्रदान गरिएको हो । 
      त्यस्तै प्रा.डा.महादेव अवस्थीलाई समालोचना र अन्वेषणका क्षेत्रको नइ ईश्वर बराल पुरस्कार प्रदान गरियो । 
      साथै गिरिराज आचार्यलाई सृजना र सङ्गठनबाट नेपाली भाषासाहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याएवापत नइ भाजप पुरस्कार प्रदान गरिएको हो । 
      त्यसैगरी प्रकट पगेनी शिवलाई गीत लेखन, अभिनय र चित्रकलाका लागि नइ ईश्वरवल्लभ पुरस्कार प्रदान गरिएको हो । 
श्रीमती बाबा बस्नेतलाई नेपाली भाषासाहित्यमा एकपछि अर्को उत्कृष्ट कृतिहरु सृजना गरेवापत नइ रेखा पुरस्कार प्रदान गरिएको हो । 
पप गायक धीरज राईलाई स्वरका माध्यमबाट देशदेशान्तरमा नेपाली भाषाको महिमा वढाएवापत नइ कोइलीदेवी पुरस्कार प्रदान गरिएको हो । 
      त्यसैगरी वैदेशिक रोजगारमा रहेर नेपाली भाषासाहित्यमा रचना गर्ने इजरायलका श्रीमती दीव्स शाहको 'आगो' कवितासङ्ग्रह र श्रीमती उमा सुवेदीको 'तप्कीएर अँजुलीमा' गजलसङ्ग्रहलाई नइ गणेशदुर्गा पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको हो ।