![]() |
![]() |
हाम्रोबारेनेपाली साहित्यका विभूति
केही कृतिका पूर्णपाठ
सूचना र समाचार
English Section
उपयोगी लिङ्ककथा, कविता र निबन्ध |
खनूपरूदे रामबाबूको चिनारी वरिष्ठ राजनीतिज्ञ तथा समाजसेवी श्री खनूपरूदे रामबाबू आफ्नो जीवनको यात्रामा स्वच्छ छवि कायम गरेर नेपाली समाजमा सुपरिचित हुनुभएको छ । खासगरेर राजनीतिक,समाजिक र बौद्धिकवृत्तमा उहाँले आफ्नो परिचय दिनुभएको छ । बसुधैव कुटुम्बकम्का हिमायती उहाँले आफ्नो नाउँ पछाडी थर लेख्नुहुन्न ।
खनूपरूदे रामबाबूको जन्म संवत् १९७८ माघ १५ गते १९२२ जनवरी २९ मा ताप्लेजुङ जिल्लाको हाङपाङ गाउँमा भएको थियो ।
रुद्रकुमारी प्रसाई र लप्टन देवीप्रसाद प्रसाईका जेठा छोरा खनूपरूदे रामबाबूले भारतको बम्बै विश्वविद्यालयबाट कृषि विषयमा बीएस्सीको शैक्षिक उपाधि हासिल गर्नुभएको थियो । साथै उहाँ पटना विश्वविद्यालयबाट बीएल र भारतको राजकोट, गुजरातबाट एन.डी. पनि समूतीर्ण हुनुभयो ।
खनूपरूदे रामबाबू राजनीति, समाजशास्त्र, साहित्य, स्वास्थ्य, आदि विषयको स्वअध्ययनमा पोख्त मानिनुहुन्छ । साथै उहाँको प्रमुख अभिरुचिमा अध्ययन, लेखन, विचार आदानप्रदान, भेटघाट, भ्रमण र मनोरञ्जन रहेको पाइन्छ ।
खनूपरूदे रामबाबूले आफ्नो देश नेपाल कस्तो छ भनी जान्न र बुझन २०११ साल भदौ १५ गतेदेखि २०१२ साल असार १५ गतेसम्म दस महिना नेपाललाई आमाको रूपजस्तै सम्झेर सारा नेपालको पैदल भ्रमण गर्नुभएको थियो । त्यस बेला उहाँको भ्रमणमा साथ दिने व्यक्ति नरबहादुर डाँगी हुनुहुन्थ्यो ।
खनूपरूदे रामबाबूले झापाको विर्तामोडमा स्कुलका निम्ति एक विघा जग्गा,विर्तामोडको बजार बसाउन एक विघा पाँच कट्ठा जति जग्गा र विर्ता र्सार्वजनिक संस्थाका लागि पाँच कट्ठा जग्गा प्रदान गर्नुभएको छ । ती जग्गाहरू अहिले चार करोड जति मूल्यका भएका छन् । साथै उहाँले झापाको मेची क्याम्पसका लागि दस कट्ठा,ताप्लेजुङको हाङपाङको बरबोटेमा सार्वजनिक संस्थाका निम्ति चार रोपनी जग्गा र ललितपुरको कुपण्डोलस्थित बागमतीमा पाटी र घाट निर्माण गर्नुभएको छ ।
खनूपरूदे रामबाबूबाट कविशिरोमणि लेखनाथ पौड्याल,नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका सम्मानमा स्थापित त्रिमूर्ति निकेतनका लागि रु ८,००,०००। आठ लाख रुपियाँ प्रदान गर्नुभएको छ । निकेतनको कार्य आरम्भ नै उहाँको आर्थिक सहयोगमा भएको थियो । साथै उहाँले देरुनिख सार्वजनिक हित गुठीको स्थापना गरी त्यस गुठीका लागि १,०१,००,०००। एक करोड एक लाख अक्षयकोष छुट्याएर त्यसको उद्देश्य प्राप्तिका लागि यथेष्ट काम गर्नुभयो ।
खनूपरूदे रामबाबूले नइ प्रकाशनलाई रु.९५,००,०००।-( पञ्चानब्बे लाख रुपियाँ) प्रदान गर्नुभएको छ ।
नेपाली पटभूमिको राजनीतिमा पनि खुबै चर्चित खनूपरूदे रामबाबूले १५ वर्षै उमेरदेखि राजनीतिलाई आफ्नो कर्तव्य ठान्दै आउनुभएको छ । उहाँको राजनीतिमा र्समर्पणका कारण उहाँ नेपाली काङ्ग्रेसको झापा जिल्लाको सभापति बन्नुभयो,नेपाली काङ्ग्रेस मेचीकोशी अञ्चलको संयोजक बन्नुभयो र नेपाली काङ्ग्रेसको केन्द्रीय कोषाध्यक्ष पनि बन्नुभयो । नेपाली काङ्ग्रेसबाटै उहाँले २०४८ साल र २०५१ सालको आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि झापाबाट उमेद्वारी पनि दिनुभयो ।
खनूपरूदे रामबाबूले राजनीतिक कारणले पटकपटक गरी ६ वर्षन्दा बढी समय जेल सजाय भोग्नुभयो । त्यति मात्र होइन उहाँ ७ वर्षति भारतमा निर्वासित पनि हुनुभएको थियो । २०३३ साल पुस १६ गते विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंहसँगै उहाँ पनि भारतबाट नेपाल फर्कनुभएको थियो ।
खनूपरूदे रामबाबू राजनीतिमा पनि आफ्नै मौलिकताले सुसज्जित हुनुहुन्छ । उहाँ राष्ट्रवादलाई सधैं शिरमा बोक्नु पर्छ भन्नुहुन्छ । उहाँ आफ्नो सिद्धान्तमा कट्टर हुनुहुन्छ । नेपाली काङ्ग्रेसले संवैधानिक राजतन्त्र निरपेक्ष र त्यसपछि गणतन्त्रको नीति लिएपछि उहाँले नेपाली काङ्ग्रेसलाई नै छोड्न वाध्य हुनुभयो । उहाँको भनाइमा नेपालको स्वतन्त्रता र अखण्डता कायम राख्न प्रजातान्त्रिक संवैधानिक राजसंस्था चाहिन्छ भन्ने नेपाली काङ्ग्रेस राष्ट्रवादीको म अध्यक्ष रहेको हुँ ।
साधा व्यवहार, साधा बोलीवचन र साधा लवाइखुवाइमा रमाउँने खनूपरूदे रामबाबूसबैसँग सबैले समान व्यवहार राखेको मन पराउनुहुन्छ । आफ्नो र अरूको पनि हित हुने काम गर्न सकियोस् भन्ने उहाँको जीवनदर्शन पाइन्छ । त्यति मात्र होइन नेपाल स्वतन्त्र र अखण्डित रहिरहोस् । यस पृथ्वीका सबै मानिसहरूको कल्याण होस्, यस पृथ्वीमा सबै मानिसले लेख्ने र बुझ्ने एउटा साझा विश्वलिपि होस् र सबैको बोल्ने र बुझ्ने एउटा साझा विश्वभाषा होस् । यस पृथ्वीमा एउटा देशको मानिस अर्को देशमा सजिलैसँग आवतजावत गर्न पाओस् । विश्वबन्धुत्वको भावना प्रवल हुँदै जाओस् । मानिसमा असल गुणहरू बढ्दै जाऊन्, खराब गुणहरू घट्तै जाऊन\' भन्ने जीवनदर्शन बोकेर आएका खनूपरूदे रामबाबू अति शिष्ट, भद्र र नढाँट्ने व्यक्तित्वको अग्रपङ्क्तिमा उभिने नाउँ हो ।
प्रजातन्त्रका हिमायती खनूपरूदे रामबाबू घरपरिवारमाझ पनि प्रजातान्त्रिक आचरण मन पराउनुहुन्छ । नेपाली समाजमा उहाँको जीवनपद्धति एउटा नमुनाका रूपमा नै प्रस्तुत भएको छ ।
खनूपरूदे रामबाबू माहाकवि देवकोटा शताब्दी सम्मानबाट सम्मानित हुनुहुन्छ । साथै उहाँलाई नेपाली भाषासाहित्यका २५ जना महारथीले सामुहिक अभिनन्दन पनि गरेका छन् ।
खनूपरूदे रामबाबूका पाँच जना सन्तान छन्, जसमध्ये उहाँकी छोरी पकिम, छोरा टोरुप, छोरा डा. डुजूप, छोरी खेचीम र छोरा डा. गीसूप आआफ्नो व्यवसाय र पारिवारिक जीवनमा आबद्ध छन् ।
|
नेपाली साहित्यका विभूतिनइ टेलिफोन कोशनइको चिनारीनारीचुलीनारीस्रष्टाका तस्वीर
खनूपरूदे रामबाबू![]() ![]() |
| © २०६३ (2007), सर्वाधिकार सुरक्षित नइ प्रकाशन, काठमाडौं, नेपाल naiprasai@gmail.com |