![]() |
![]() |
हाम्रोबारेनेपाली साहित्यका विभूति
केही कृतिका पूर्णपाठ
सूचना र समाचार
English Section
उपयोगी लिङ्ककथा, कविता र निबन्ध |
नइ खराबाट ६ जना पुरस्कृत
२०६६ सालको नइ खरा पुरस्कार : नइ प्रकाशनले राष्ट्रमा विभिन्न क्षेत्रमा रहेर उल्लेखनीय कार्य गर्ने छ जनालाई २०६५ सालको नइ खरा पुरस्कार प्रदान गरेको छ । सुप्रसिद्ध समाजसेवी, राजनीतिज्ञ तथा दानवीर खनुप्रुदे 'रामबाबू'ले वैशाख २५ गते काठमाडौमा आयोजित एक समारोहमा सो पुरस्कार प्रदान गर्नु भएको हो । साथै प्रमुख अतिथि डा मोदनाथ प्रश्रितले पुरस्कृतहरूलाई माल्यार्पण गर्नुभयो । समारोहमा नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सात दशकदेखि समर्पित हुँदै सृजनात्मक रचना, अन्वेषण र सम्पादनकलाद्वारा देशदेशान्तरमा नेपालको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान दिनुहुने श्री सत्यमोहन जोशीलाई एक लाख रूपियाँ राशिको नइ खरा सुकीर्ति पुरस्कार प्रदान गरियो । त्यसैगरी आधा शताब्दीअघिदेखि नेपाली भाषासाहित्यको साधनामा समर्पित रहँदै लेखन, चित्रकला र समाजसेवामा महत्वपूर्ण योगदान दिनुहुने सुश्री भद्रकुमारी घलेलाई पचास हजार रूपियाँ राशिको नइ खरा प्रदीप्ति पुरस्कार प्रदान गरियो । साथै समाजसेवाको फाँटमा मन, वचन र कर्मले समर्पित हुँदै प्राकृतिक चिकित्साका क्षेत्रमा उल्लेखनीय र महिमाशाली योगदान दिनुहुने डा. हरिप्रसाद पोखरेललाई पच्चीस हजार रूपियाँ राशिको नइ खरा गौरव पुरस्कार प्रदान गरियो । नेपालजस्तो स्रोत र साधनको अभाव भएको मुलुकमा पनि युवाभावना, जोश र शक्तिलाई वैज्ञानिकीकरणमा केन्द्रित गर्दै पहिलोपल्ट डाँफे नामक विमानको निर्माण र उडानसमेत गरी देशदेशान्तरमा नेपालको इज्जत बढाएबापत डाँफे विमान निर्माण समूहका श्री गणेशराम सिन्केमन र श्री विकास पराजुलीलाई पन्ध्र हजार रूपियाँ राशिको नइ खरा पौरख पुरस्कार प्रदान गरियो । त्यसैगरी खेलकुदका क्षेत्रमा समर्पित भई अन्तराष्ट्रिय स्तरमा समेत सहभागी भएर नेपालको प्रतिष्ठा बढाउनुका साथै पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पौडी खेलमा एक दर्जन स्वर्णपदक प्राप्त गरी प्रेरक उदाहरण प्रस्तुत गर्नुहुने सुश्री करिस्मा कार्कीलाई पन्ध्र हजार रूपियाँ राशिको नइ खरा पौरख पुरस्कार प्रदान गरियो । सोही समारोहमा इन्दिरा प्रसाईले लेख्नुभएको जीवनीमूलक निबन्ध मेरी सासूको प्रमुख अतिथि डा मोदनाथ प्रश्रितले लोकार्पण गर्नुभयो । भागीरथा प्रसाईको जीवनकथामा आधारित मेरी सासूको प्रकाशन सौजन्य इन्दिरा राणाले प्रदान गर्नुभएको हो नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सन्चालित सो समारोहमा उपाध्यक्ष प्राडा रामप्रसाद उप्रेती र सदस्यसचिव नरेन्द्रराज प्रसाईले पनि बोल्नु भयो । |
नेपाली साहित्यका विभूतिनइ टेलिफोन कोशनइको चिनारीनारीचुलीनारीस्रष्टाका तस्वीर
खनूपरूदे रामबाबू![]() ![]() |
| © २०६३ (2007), सर्वाधिकार सुरक्षित नइ प्रकाशन, काठमाडौं, नेपाल naiprasai@gmail.com |